माओवादी केन्द्रले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तोक्यो - Pahilo Online

माओवादी केन्द्रले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तोक्यो

writer

पहिलो अनलाइन

पथरी । नेकपा माओवादी केन्द्रको भोली (शनिबार) हुने वडा अधिबेसनको लागि पथरीशनिश्चरे नगर कमिटीले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीले नगरका १० वटै वडाहरुको अधिवेशन सफल बनाउन हरेक वडामा एक जना पार्टी प्रतिनिधि, एक जना निर्वाचन अधिकृत र २ जना सहायक निर्वाचन अधिकृत तोकेको हो ।

नगरका अधिकांश वडाहरुको विस्तारित भेलाले यसअधि नै सर्वसम्मत रुपमा आयोजक कमिटी चयन भएका र केही सदस्य हेरफेर गरी तिनै कमिटीहरुलाई वैधानिकता दिने तयारी भएको नगर ईञ्चार्ज दिनानाथ तिम्सिनाले जानकारी दिए । केही वडाहरुमा भनें आयोजक कमिटी बने पनि पदाधिकारी चयनमा समस्या देखिएकोले निर्वाचन हुने सम्भावना रहेको तिम्सिनाले बताए । ‘त्यसमा पनि सर्वसम्मत पदाधिकारी चयनका लागि अन्तिम प्रयास गरिनेछ, आकांक्षीहरुले अडान नछोडेमा चुनाव नै हुने छ’– ईञ्चार्ज तिम्सिनाले भने ।

आज (शुक्रबार) बसेको नगर कार्यालय सदस्यहरु र उपलब्ध नगर सदस्यहरुको संक्षिप्त बैठकले वडा अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको तिम्सिनाले जानकारी दिए । उनका अनुसार निम्न वडाहरुमा निम्न व्यक्तिहरुको जिम्मेवारी तोकिएको छ ।

जसमा
१ नम्बर वडा पार्टी प्रतिनिधि दिननाथ तिम्सिना,
निर्वाचन अधिकृतः नरेन्द्र घिसिङ
सहायक निर्वाचन अधिकृतः घनश्याम ढकाल

२ नम्बर वडाः पार्टी प्रतिनिधि मान दियाली
निर्वाचन अधिकृतः देउमान लिम्बु
सहायक निर्वाचन अधिकृतः शिव तिम्सिना
सहायक निर्वाचन अधिकृतः आनन्द घिमिरे

३ नम्बर वडाः पार्टी प्रतिनिधि बाल कुमार मगर र राधिका गौतम
निर्वाचन अधिकृतः भबिन्द्र थापा
सहायक निर्वाचन अधिकृतः सन्तोष पोख्रेल
सहायक निर्वाचन अधिकृतः सन्त राई

४ नम्बर वडाः पार्टी प्रतिनिधि गंगा सावा र गोबिन्दबहादुर भण्डारी
निर्वाचन अधिकृतः बुद्धिनाथ अधिकारी
सहायक निर्वाचन अधिकृतः देबेन्द्र बस्नेत
सहायक निर्वाचन अधिकृतः नगेन्द्र तिम्सिना

५ नम्बर वडाः पार्टी प्रतिनिधि नेत्र पोख्रेल र चेतन दाहाल
निर्वाचन अधिकृतः योगराज पौडेल
सहायक निर्वाचन अधिकृतः भिम पौडेल
सहायक निर्वाचन अधिकृतः कमल कटुवाल

७नमबर वडाः पार्टी प्रतिनिधि मोहन लिम्बू र रोहित बास्तोला
निर्वाचन अधिकृतः उपेन्द्र बस्नेत
सहायक निर्वाचन अधिकृतः तुलसी भट्टरार्इ
सहायक निर्वाचन अधिकृतः राम कुमारी रार्इ

८ नम्बर वडाः पार्टी प्रतिनिधि दिपेन्द्र पान्डे र सुमन वनेम
निर्वाचन अधिकृतः धन बहादुर लिम्बू
सहायक निर्वाचन अधिकृतः पुर्ण खजुम
सहायक निर्वाचन अधिकृतः राजकुमार सांवा

९नम्बर वडाः पार्टी प्रतिनिधि गोबिन्द कटुवाल र सुमन वनेम
निर्वाचन अधिकृतः यादब घिमिरे
सहायक निर्वाचन अधिकृतः फौदराज खडका
सहायक निर्वाचन अधिकृतः तिल ब पान्डे

१० नम्बर वडाः पार्टी प्रतिनिधि प्रेम ढकाल, बिजय चेम्जोङ र अनु राई
निर्वाचन अधिकृतः सुरेश कटुवाल
सहायक निर्वाचन अधिकृतः पदमा पाण्डे
सहायक निर्वाचन अधिकृतः इन्दिरा नेपाल रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes