नगरपालिकामा भएको भ्रष्ट्रचार र अनियमिताको छानबिनको माग - Pahilo Online

नगरपालिकामा भएको भ्रष्ट्रचार र अनियमिताको छानबिनको माग

writer

पहिलो अनलाइन

पथरी । नगरभित्रको अनियमिताको बिषय उठाउदा वडा अध्यक्षलाई कार्यक्रम ९बैठक०बाटै जबरजस्ति निकालिएको बिषयमा सरकार सम्बद्ध पाँच दलीय गठबन्धले भत्र्सना गरेको छ ।
कात्तिक २९ गते ९सोमबार० पथरीशनिश्चरे नगरपालिकाको कार्यक्रमबाट ४ नम्बर वडा अध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगर प्रमुख दिलिप कुमार राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद खरेलको आदेशमा नगर प्रहरी प्रयोग गरी अपमान जनक रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

सो बिषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा ९एकिकृत समाजवादी०ले राजिनामा माग गर्दै नगर प्रमुख दिलिपकुमार राईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नगर प्रमुख राईले हुकुमी शैलीमा निर्वाचित जनप्रतिनिध भण्डारीलाई बाहिर निकाल्न आदेश दिने नगर प्रमुखले पदबाट राजिनामा दिनुपर्ने, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मिप्रसाद खरेललाई तत्काल कारवाही हुनुपर्ने माग गरिएको छ ।

वडाध्यक्षलाई मर्यादा विपरित बाहिर निकाल्ने नगर प्रहरी, वडा सचिव तारानिधि सापकोटालाई निलम्बन, वडा अध्यक्षले उठाएका भ्रष्टाचार तथा अनियमितताको विषयमा तत्काल सर्वदीय छानविन समिति तयार गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
पथरीशनिश्चरेमा दमकल, जेसीवी, एम्बुलेन्स खरिद कर्मचारी नियुक्तिमा अनियमिता गाडि मर्मत, इन्धन र घरभाडाको बिषयमा छानविन गरि जनतामाझ सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

पथरीशनिश्चरे १ को मुन्धुम चोक ९पुरानो पिपलचो०मा सार्वजनिक जग्गामा नगरको निर्णय बेगर मनोमानी ढंगले बनेको भवनको छानविन गरी सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र उल्लेखित विषयमा ३ दिनभित्रमा सम्बोधन नभए, गठबन्धनको बैठक बसी थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

नेपाली कांग्रेस, पथरीशनिश्चरे नगरसभापति रुपनारायण भट्टराई, नेकपा माओवादी केन्द्रका प्रेम ढकाल९का।वा।अध्यक्ष०, जसपा फिपराज बेघा ९नगर अध्यक्ष०, नेकपा ९एकिकृत समाजवादी०का तुलसी ढकाल ९नगर अध्यक्ष०द्वारा हस्तक्षरित ज्ञापन पत्रमा समस्याको समयमै समाधान नभए उत्पन्न परिस्थितिको जिम्मेवार नगर प्रमुख दिलिपकुमार राई स्वयम् हुनु पर्ने बताइएको छ ।
पथरीशनिश्चरे नगरपालिका अमानवीय, अमर्यादित कार्यले राष्ट्रमै नराम्रो छवी भएको उल्लेख छ ।

१। निर्वाचित जनप्रतिनिधीलाई बैठक हलबाट हुकुमी शैलीमा बैठक हल बाहिर निकाल्न आदेश दिने नगर प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुपर्ने ।

२। जनप्रतिनिधीलाई बैठक स्थलबाट निकाल्न आदेश दिने प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई कडा कारवाही गरियोस् ।

३। वडाध्यक्षलाई मयांदा विपरित कठालो समाई बैठक स्थल बाहिर निकाल्ने नगर प्रहरीलाई तत्काल निलम्बन गरियोस ।

४। भ्रष्टचार तथा अनियमितताको विषयमा उठेका सवालहरुका बारेमा तत्काल सर्वदलिय छानवीन समिति तयार गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस ।
५ बडा सचिव तारा निधी सापकोटालाई निलम्बन गरी छानवीन गरियोस् ।

६। दमकल, जेसीबी, एम्बुलेन्स गाडी ममत, इन्धन, घरभाडा, कर्मचारी नियुक्ति लगायतका विषयमा नगर प्रमुख र प्रशासकीय अधिकृतबाट पारदर्शी ढंगले जनतामाझ सार्वजनिक गरियोस् ।
७ , माथि उल्लेखित विषयमा ३ दिन भित्रमा सम्बोधन नभए गठबन्धनको बैठक बसी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछ ।

सो बाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार नगर प्रमुख दिलिपकुमार राई स्वयम् हुनु पर्ने छ ।

८। पथरीशनिश्चरे १ को मुन्धुम चोकमा पुरानो पिपलचौकको सार्वजानिक जग्गामा नगरको निर्णय बेगर मनोमानी ढंगले बनेको भवनको छानवीन गरि सत्य तथ्य सार्वजानिक गरियोस्

९ , पथरीशनिश्चरे नगरपालिकामा भएको अमानवीय, अमर्यादित अत्याचारी कार्यले गर्दा आज हाम्रो नगरपालिका राष्ट्रमै नराम्रो छवी बनाउन पुयाउन कार्यमा सम्लग्न व्यक्तिहरुलाई पहिचान गरी सामाजिक रूपमा दण्डित गर्न आम जनसमुदाय, बुद्धिजीवी, नागरिक समाज संघ, संस्था, पत्रकार, प्रसाशन सबै सबैमा यो ज्ञानप पत्र मार्फत अपिल गर्दछौं।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes