राजु सोदेन स्मृति कपको उपाधि झापाले चुम्यो - Pahilo Online

राजु सोदेन स्मृति कपको उपाधि झापाले चुम्यो

writer

पहिलो अनलाइन

केराबारी । झापा फुटबल क्लब सडनडेथमा विजयी हुँदै प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ फुटबल प्रतियोगिताको उपाधि विजेता बनेको छ ।

केराबारी ८ को प्रस्तावित केराबारी रंगशाखामा कात्तिक १५ गते भएको फाइनल खेलमा दुवैतर्फबाट एक – एक गोल भएपछि सडनडेथमा १० नवोदय फुटबल क्लब पथरीमाथि ११ – १२ गोलअन्तरको नतिजा निकाल्दै झापाले उपाधि आफ्नो पोल्टामा पारेको हो । दोस्रो हाफको १० औं मिनेटमा झापाका सनम राईले गोल गरेका थिए लगत्तै १० नवोदयका सनम भुजेलले १३ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा १० नवोदयका श्याम लिम्बु र झापाका गोकुल राजवंशीले पेनाल्टी मिस गरे भने अन्य सबै खेलाडीहरुले गोल गरेपछि खेल सडनडेथतर्फ लम्किएको थियो । सोही क्रममा १० नवोदयका निरज परियारको प्रहार झापाका गोलकिपर विप्लप गुरुङले सेभ गरेपछि झापा विजयी भएका हो ।

प्रतियोगितामा प्रथम हुने झापा फुटबल क्लबले १ लाख १ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने द्वितीय हुने १० नवोदय फुटबल क्लबले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्यो । ।

खेलको म्यान अफ द म्याच र बेष्ट गोलकिपर झापाका विप्लप गुरुङ, बेष्ट डिफेन्स १० नवोदयका सुमन राई, बेष्ट मिडफिल्डर उमेश कार्की, बेष्ट फरवार्ड झापाका गणेश हेमरुन, हाई स्कोरर १० नवोदयका विदेशी खेलाडी हेनरी, बेष्ट कोच झापाका प्रका चौधरी, राइजिङ प्लेयर आयोजकका बालकृष्ण केसी र म्यान अफ द सिरिज १० नवोदयका सनम भुजेल घोषित भए ।

प्रथम स्व. राजु सोदेन स्मृति कप मूल आयोजक समितिको आयोजनामा भएको फाइनल खेलमा विजेता तथा उपविजेता र अन्य विधाका सम्पूर्ण खेलाडीहरुलाई केराबारी गाउँपालिकाका प्रमुख रोहित बहादुर कार्की र उपप्रमुख शान्तिकला लिम्बु भुजेलले टफी, मेडल, प्रमाण पत्र र नगद वितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes