शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले अविरल वर्षाका कारण क्षती भएको किसानको खेतबारी अनुगमन गरेको छ । आज (सोमबार) प्रतिनिधि मुलक रुपमा वडाका विभिन्न स्थानको अवलोकन गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए ।
नगर कृषी शाखाका प्राविधिक पर्वत साह, वडाध्यक्ष भण्डारी, वडा सदस्यहरु खड्ग सुस्लिङ मगर, तुलसादेवी दर्जी, अमर बहादुर बराइली, दिलु मगर, अनुगमन समिति सदस्य रामप्रसाद न्यौपानेलगायतको टोलीले अवलोकन गरेको हो । अनुगमनका क्रममा अधिकांश किसानको धान, कोदो, तरकारी बालीमा नोक्सानी पुगेको पाइएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । अनुगमनका क्रममा किसानहरुलाई वडा कार्यालयमा आइ क्षतिको विवरण टिपाउन आग्रह समेत गरिएको थियो ।