जनगणनामा जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध - Pahilo Online

जनगणनामा जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध

writer

पहिलो अनलाइन

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा किरात राई चाम्लिङ खाम्बातिमको जनगणना अभियान सञ्चालन भइरहेको छ ।
आज ९सुक्रबार० मोरङको पथरीशनिश्चरे र बेलबारीमा जनगणना सम्बन्धी सचेतना अभियान भएको हो ।

चाम्लिङ भाषि राई समुदायको संस्था किरात राई चाम्लिङ खाम्बातिमले आसन्न १२ औं राष्ट्रिय जनगणनामा जात जातिको महलमा राई, पुर्खा र मातृ भाषाको महलमा चाम्लिङ, दोस्रो भाषामा राई वा आदिबासी समुदायकै कुनै भाषा र धर्मको महलमा किरात लेख्न प्रदेश ब्यापी अभियान चलाइरहेको छ ।

चाम्लिङ भाषाको सहि तथ्याङ्क उतार्न अभियान्ता खटाउने लगायतको कार्यक्रम अघि बढाइएको खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राईले बताए ।
पथरीशनिश्चरे नगरको पथरी बहुमुखी क्याम्पसमा सुक्रबार भएको सचेतना कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रचार बिभाग प्रमुखसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, खाम्बातिम पूर्ब महासचिव सालिक सातसक राई, सुनसरी जिल्ला अध्यक्ष आशकुमार राई, मोरङ जिल्ला अध्यक्ष कुमार चाम्लिङ राई, पूर्ब केन्द्रीय सदस्य सन्त राई लगायतले जनगणना बारे बोलेका थिए ।
अघिल्लो गणनामा चाम्लिङ भाषि राईहरु ७५ हजार ६१ रहेको तथ्याङ्क छ । देशभर एक लाख २० हजार ७९१ राई भाषिको तथ्याङ्क थियो । पथरीशनिश्चरेमा तीन हजार १८० जना राई भाषि रहेको तथ्याङ्क छ । राई भन्ने छुट्टै भाषा हुँदैन । यद्यपि तथ्याङ्क बिभागले हुँदै नभएको भाषा राई भनेर लिष्ट गरेको हो ।


अघिल्लो गणनाको जिल्लाहरुको भाषिक तथ्याङ्क हेर्दा राई लेख्नेहरु अधिकांश चाम्लिङ रहेको खाम्बातिम केन्द्रीय अध्यक्ष युवराज राईको तर्क छ । त्यही भएर चाम्लिङ समुदायको सहि तथ्याङ्कको लागि मेहनत गर्नु परेको अध्यक्ष राईको भनाइ छ ।
केन्द्रीय तथ्याङ्क बिभागले यही कार्तिक २५ देखि मंसिर ८ गते सम्म १२ औं राष्ट्रिय जनगणना गर्दैछ । सो अभियानमा सहि तथ्याङ्कको लागि खाम्बातिम केन्द्रीय टोली १ नम्बर प्रदेशको हरेक जिल्ला, नगर गाउँदेखि टोलटोलसम्म खटिरहेको बताइएको छ ।

खाम्बातिमको पथरीशनिश्चरे र बेलबारीमा समिति गठन
अभियानकै सीलसीलामा मोरङको पथरीशनिश्चरे नगरमा शक्तिकुमार राईको अध्यक्षतामा खाम्बातिम गठन भएको छ ।
भेलाले सचिवमा बुद्धराज राई, कोषाध्यक्षमा गजेन्द्र राई सदस्यमा मानबहादुर राई, बिकास राई, कुलमान राई, जुद्धमान राई, प्रताप राई, दिपेन राई, लिला राई र पार्बति राई सदस्य रहेको ११ सदस्यीय नगर समिति गठन भएको छ । पथरीमा करिब डेढ सयको सहभागिता रहेको थियो ।
त्यसैगरी बेलबारीमा पनि आजै नगर समिति बनेको सालिक राईले बताए । मोरङको कानेपोखरी, लेटाङ, उर्लाबारी, बिराटनगर लगायतमा अभियान रहेको राईले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes