भुटानी शरणार्थी शिविर शनिश्चरेमा फुटबल प्रतियोगिता हुने - Pahilo Online

भुटानी शरणार्थी शिविर शनिश्चरेमा फुटबल प्रतियोगिता हुने

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ ।
थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे—१० स्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए । फुटबल प्रतियागिता बारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रतियोगितामा मोरङको पाँच, झापाको एक, सुनसरीको एक र भुटानी शरणार्थीको एक गरी ८ टिम सहभागि हुने आयोजक समितिका सदस्य सुमन कुरुम्बाङ्ग लिम्बूले बताए ।

झापाको शिवशताक्षी नगर फुुटबल टिम, सुनसरीको राष्ट्रिय जागृति फुटबल टिम इटहरी, मोरङको पथरी शनिश्चरे फुटबल टिम, लेटाङ, बिराटनगर ढाट फुटबल टिम, भाउन्ने फुटबल टिम, बेलबारी फुटबल टिम र भुटानी ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको हो । प्रतियोगितामा नेपालको ए डिभिजनमा खेल्ने खेलाडिहरु आउने आयोजक बिक्की राईले बताए ।

प्रतियोगिताको प्रथम र दास्रो हुने फुटबल टिमलले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बूले बताए ।

त्यसैगरी दैनिक रुपमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, मिड फिल्डर, फर्वाड, हाइ स्कोररलाई क्रमस पाँच हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद १० हजार र ट्रफी प्रदान गरिने आयोजक सदस्य बिक्की राईले बताए ।
पत्रकार सम्मेलनमा पथरी घर भएका ‘ए’ डिभिजनका फुटबल क्लव मनाङ्गका स्टाइकर दीपक राई, स्थानीय समाजसेबी रोहन हाङबाङ्ग लिम्बू, आयोजक थ्री रिभर्सका अर्जुन बिष्ट, सुदेश तिवारी, राम बानिया लगायतको उपस्थिति रहेको थियो ।

१० आयोजकले अमेरिका र नेपालमा बार्षिक रुपमा फुटबल खेलाउने
आयोजक थ्री रिभर्स फुटबल क्लब भुटान र नेपालबाट अमेरिका पुगेका नेपालीहरुले स्थापित गरेको क्लब हो । पिट्सबर्ग अमेरिकाको एउटा क्षेत्र हो । थ्री रिभर्सले अमेरिकामा पनि नेपालीहरु बीच यसैगरी फुटबल प्रतियोगिता गरेको अर्जुन बिष्टले बताए ।
नेपालमा नेपाली र भुटानी शरणार्थीवीच सम्बन्ध सुमधुर होस र फुटबल खेलको बिकास गर्ने उदेश्यले बार्षिक रुपमा प्रतियोगिता गराउने योजनामा रहेको बिष्टले बताए ।

खेलको सम्पूर्ण खर्च मेघ सुबेदीको नेतृत्वमा रहेको सेजल एण्ड सिस्टर र थ्री रिभर्सका सुदेश तिवारी, कमल सुब्बा, किरण थापा र अर्जुन बिष्टले गर्ने पत्रकार सम्मेलनमा उपस्थित रहेका बिष्टले बताए । नेपालमा खेलको संयोजन गणेश थक्लुङ लिम्बू, सुमन कुरुम्बाङ लगायतले गर्ने भएका छन् । खेलको जिम्मा पाएका थक्लुङ गीतकार तथा समाजिक काम गर्दै आएका ब्यक्ति हुन् । यो प्रतियोगिताको लागि सात लाख खर्च आउने अनुमान गरिएको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes