कानेपोखरीमा अध्यक्ष कपः प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने - Pahilo Online

कानेपोखरीमा अध्यक्ष कपः प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । कानेपोखारी आई।टी।एफ। तेक्वाण्डो डोजाङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

‘स्वास्थ्यको लागि केलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ आगामी कार्तिक ५ र ६ गते प्रतियोगिता हुने आयोजक डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । प्रतियोगितामा मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम र आयोजक डोजाङ्ग वीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिता पुरुष २० देखि ८० र महिला २० देखि ७० किलो तौल समूह वीच प्रतिष्पर्धा हुने प्रशिक्षक समेत रहेका आयोजक डोजाङ्गका अध्यक्ष भुजेलले बताए । खेलमा महिला, पुरुष गरी ३५० बढी खेलाडि सहभागि हुने छ ।

प्रतियोगितामा सवैभन्दा बढी स्वर्ण, कास्य र रजत प्राप्त गर्ने जिल्लाहरुलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गरिनेछ । बिजेता, उपबिजेता र तेस्रो हुनेलाई क्रमस १०, ८ र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलाडिहरुलाई खाना, बस्न र यातायात सहित करिव सात लाख खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनमा १ नम्बर प्रदेशका प्रमुख प्रशिक्षक रमेश चौधरी, कानेपोखरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खड्ग बस्नेत, प्रशिक्षक नवीन लामा, एमाले गाउँ अध्यक्ष दानबहादुर बस्नेत, युवा नेता नविन पौडेल, कुमार फुयल, अशोक फुयल लगाएतको उपस्थिति रहेको थियो ।

कानेपोखरीमा प्रथम, दोस्रो र तेस्रो हुने ५५ देखि ६३ केजी तौल समूहका खेलाडिहरु प्रदेशको प्रतिनिधित्व गर्दै कार्तिक १२ र १३ गते रामेछापको गाल्पामा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा भिड्न जाने प्रशिक्षक चौधरीले बताए । रामेछापमा सो वेट समूहको सातै प्रदेशबाट तीन—तीन जना सहभागि हुनेछन् ।

खेलकुदको मध्यमबाट कानेपोखरीलाई चिनाउन, युवाहरुलाई अनुशासित, एकता भाव पैदा गर्न र खेल पर्यटनको बिकास गर्ने लक्ष्यको साथ प्रतियोगिताको आयोजना गर्न लागिएको कानेपोखरी डोजाङ्गका अध्यक्ष युवराज भुजेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes