कांग्रेस महाधिवेशनः पथरीशनिश्चरे नगर सभापति र सचिवमा ४,४ प्रत्यासी, को को भिडदैछन् ? - Pahilo Online

कांग्रेस महाधिवेशनः पथरीशनिश्चरे नगर सभापति र सचिवमा ४,४ प्रत्यासी, को को भिडदैछन् ?

writer

अर्जुन जम्नेली राई

अर्जुन जम्नेली राई
पथरी । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अघि हुने मोरङ पथरीशनिश्चरे नगर अधिवेशनमा सभापति पदका लागि चार जना उमेद्वार चुनावी मैदानमा उत्रिने देखिएका छन । मोरङमा असोज १५ गते मनोनयन दर्ता गरेर १६ गते मतदान हुने भएको छ ।
कांग्रेसको विधान ९ औ संशोधन अनुसार नगरपालिकामा सभापतिको साथै उपसभापति २, सचिव २, सहसचिव २ जना गरी मुख्य ७ पदमा निर्वाचन हुन्छ । कोषाध्यक्ष भने सदस्य मध्येबाट मनोनित गर्ने बैधानिक ब्यबस्था रहेको छ ।
पथरीशनिश्चरे नगर सभापतिमा चार जनाको भिडन्तहुने देखिन्छ । जसमध्ये रुपनाराण भट्टराई, ईश्वर थापा, लोकनाथ खरेल र पर्शुराम कार्की कार्यकर्तावीच सभापतिमा मनोनयन गर्ने मनसाय ब्यक्त गर्दै आएको बुझिएको छ ।
भट्टराई, थापा र खरेल भोट माग्दै हिडेका छन भने पर्शुराम कार्की सर्वसहमत रुपमा स्वीकारीय नेतृत्व लिने कार्यकर्तालाई बताउदै आएको बुझिएको छ ।
रुपनाराण भट्टराई कोइराला र लोकनाथ खरेल देउवा पक्षको उमेद्वार रहेको बुझिएको छ । ईश्वर थापा कोइराला निकटका भएपनि स्वतन्त्र रुपमा सभापति उठ्न लागेको बुझिएको छ ।
त्यसैगरी उपाध्यक्षमा बिहिबारसम्म सन्तोष कार्की र केबी गुरुङ मात्र देखिएका छन् । उपसभापति २ जना निर्वाचित हुनुपर्नेमा मनोनयनको दिनसम्म अरु उमेद्वार आउनु सक्ने कार्यकर्ताहरुको भनाइ छ । युवा ब्यबसायी रहेका सन्तोष कार्की क्षेत्रीय प्रतिनिधिहरुसँग भोट मागेर हिडिरहेका छन् ।
कांग्रेस भित्र मात्र नभएर नगरको राजनीतिक सामाजिक रुपमा लोकप्रिय कार्की उपसभापतिको गहकिलो उमेद्वार हुन ।
त्यसैगरी सचिव पदमा पनि चार जना प्रतिष्प्रर्धि देखिएका छन् । सचिवमा सोमबहादुर कटुवाल९सन्तोष०, पर्शु गुरुङ, लक्ष्मी दुलाल र टाइवन राईले उमेद्वारी घोषणा गरेका छन् ।
जसमध्ये सोमबहादुर कटुवाल ९सन्तोष०निक्कै समय अघि उमेद्वारी घोषणा गरेर भोट मागिरहेका छन् । पार्टी सम्बद्ध युवाहरुको संगठन तरुण दलको नगर सभापति चलाएका परिपक्क कटुवाल नेता, कार्यकर्तावीच लोकप्रिया युवा हुन् ।
पर्शु गुरुङ, लक्ष्मी दुलाल नगर कांग्रेसका पुराना नेता हुन भने टाइवन चाम्लिङ राई युवा जोसको साथ अघि बढ्ने सम्भावना छ ।
सहसचिव २ पदमा खगेन्द्र बस्नेत, सागर बराल र भरत थापाले उमेद्वारी घोषणा गरेको बुझिएको छ । पार्टीको नगर सदस्य भने वडाबाट एक महिला पर्ने गरी हरेक वडाबाट ३—३ जना निर्वाचित हुने ब्यबस्था छ । यस बाहेक समुदायगत रुपमा सदस्यहरु निर्वाचित गर्ने विधानमा ब्यबस्था छ ।
यो अधिवेशनमा वडाबाट निर्वाचित क्षेत्रीय प्रनिनिधिहरु, वडा सभापतिहरु, क्षेत्रीय, नगर निवर्तमान सभापतिहरु गरी नगरपालिकामा दुई सय बढी मतदाता छन् ।

वडा सभापतिहरु
पथरीशनिश्चरे नगरको १० वटा वडामा अधिवेशनबाट ५ सर्वसहमत र ५ निर्वाचित वडा सभापतिहरु चयन भएका छन् ।
वडा नम्बर १ बाट वीरेन्द्र प्रसाँइ ९निर्वाचित०, २ मा लोकनाथ अधिकारी९सर्वसहमत०, ३ बाट बिजय सुब्बा ९निर्वाचित०, ४ मा नन्दबहादुर बस्नेत ९सर्वसहमत०, ५ बाट चेतेन्द्र खड्का ९निर्वाचित०, ६ मा ज्ञानबहादुर बस्नेत९सर्वसहमत०, ७ बाट ईन्द्रबहादुर गौतम९सर्वसहमत०, ८ मा टिकाराम खड्का ९निर्वाचित०, ९ बाट मेकबहादुर तामाङ ९निर्वाचित० र १० मा प्रकाश अधिकारी ९सर्वसहमत० सभापति चयन भएका छन् ।

उपसभापतिमा कार्की दरिलो उमेद्वार

साबिक हसन्दहबाट राजनीतिक जीवन सुरु गरेका सन्तोष कार्की यतिबेला क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगायतका मतदातासँग भोट मागिरहेका छन् ।
उमेरले ४५ पुग्दै गरेका कार्की अघिल्लो महाधिवेशनहरुमा सिनियर साथिहरुलाई अवसर छाड्दै आएकोले यो पटक भने उमेद्वार घोषणा गरेर लागिरहेका छन् ।


पथरीको पञ्चायत माविमा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा लागेका कार्की निरन्तर कांग्रेसमा खट्दै आएका परिचित कार्यकर्ता हुन् ।
नगरमा नेतृत्व सर्वसहमत होस भन्ने विचार राख्ने सन्तोष चुनाब भएपनि जित्ने उमेद्वारमा पर्दछन् । कांग्रेस कार्यकर्ता पार्टीको नीति, सिद्धान्त र अनुसासनमा बस्नु पर्ने बताउछन् । नगरको नेतृत्वले आउने तीनै तहको निर्वाचन जिताउने जिम्मेवारी रहेने कार्कीको भनाइ छ ।
कांग्रेस उप–सभापतिका उमेद्वार कार्कीले आफ्नो बिजय भएमा आउन लागेको चुनावमा कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने बताएका छन् ।
पार्टीले तयार गरेको योजना सफल गर्न लागि पर्ने र विकास हुन नसकेको क्षेत्रलाई अगाडि बढाउन लागि पर्ने बताउँछन् ।
नेता कार्यकर्ता गुट, उपगुटमा नलागेर कांग्रेसलाई पथरीशनिश्चरेमा विजयी गराउन एकजुट भएर लाग्नु पर्ने कार्कीको विचार छ ।

सचिवमा कटुवालले अत्याधिक मत ल्याउने दावि

कांग्रेस नगर अधिवेशनमा सचिव दुई पदको लागि चार जनाको नाम चर्चामा छ । जसमध्ये पार्टी सम्बद्ध युवाहरुको संगठन तरुण दलको नगर अध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका युवाहुन सोमबहादुर कटुवाल ९सन्तोष० ।
कटुवाल अव पार्टी सचिव भएर काम गर्ने उदेश्यका साथ उम्मेद्वारी घोषणा गरेर भोट मागिरहेका छन् । करिव ८ वर्ष तरुण दलको काम गरेका सोमबहादुर यो अधिवेसनबाट पार्टी नेतृत्वमा आउन चाहेका हुन् ।


आफ्नो संगठनमा मात्र नभएर एमाले, माओवादी, नेकपा ९एस०, जसपाको नेता, कार्यकर्ताहरुसँग पनि उत्तिकै सम्बन्ध राख्दै आएका कटुवाल २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका युवा हुन् । उनी सामाजिक रुपमा पनि उत्तिकै स्थापित छन् ।
उमेरले ३५ बर्ष पुगेका कटुवाल २०७० बाट स्थानीय जनचेतना युवा क्वलको अध्यक्ष, पथरीबाट प्रकाशित क्रेजी साप्ताहिक पत्रिका प्रकाशन समूहका उपाध्यक्ष, हिट्स नेपालको तालिम व्यावस्थापक हुन् । ब्यबसायिक हिसावले गौरिभक्त होटल म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन् ।
जुनसुकै पार्टीको युवाहरु भ्रष्ट नेतृत्वको विरोधमा लाग्नु पर्ने बताउछन् । भ्रष्टचार र आफू माथि पुग्न जस्तो सुकै हत्कण्डा गर्न पछि नपर्ने नेताहरुको कारण युवा जमातमा राजनीतिप्रति घृणा जाग्ने अवस्था आएकोले सबै पार्टीका युवाहरु यो अवस्थालाई सुधार गर्न लाग्नु पर्ने बताउछन ।
पार्टी भित्रको चुनाव जित्नकै लागि गुट, उपगुटमा लाग्नु, बनाउनुलाई गलत संस्कार भएको बताउछन कटुवाल । गुटमा लाग्नु भन्दा सिंगो पार्टीलाई मर्यादित बनाएर स्वच्छ प्रतिस्पर्धा मार्फत असल नेतृत्व आउनुपर्ने कटुवालको भनाइ छ ।
स्वच्छ प्रतिस्पर्धा बाट आएका नेतृत्वले मात्र जनमुखी काम, भ्रष्टाचारको विरोधि, विकृति र विसंङ्गति विरुद्ध बोल्न र लाग्न सक्ने उनको भनाइ छ । युवामा लामो सयम काम गरेकोले आफूलाई अत्याधिक मत आउने सचिव पदका उमेद्वार सोमबहादुर कटुवालको दावि छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes