नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवमा सन्तोष कटुवालको उमेद्वारी - Pahilo Online

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवमा सन्तोष कटुवालको उमेद्वारी

writer

पहिलो अनलाइन

 

पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको दोस्रो चरणको पालिका स्तरीय अधिवेसनमा उमेद्वारीको चर्चा परिचर्चा चुलिएको छ । यसैक्रममा मोरङको पथरीशनिश्चरे –२ का युवा नेता सोमबहादुर९सन्तोष० कटुवालले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगर सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् ।

उमेद्वारी घोषणा सँगै उनको चर्चा चुलिएको छ । उनको उमेदवारीलाई लिएर कांग्रेसका अग्रज तथा युवा सर्कलमा उनको चर्चा अत्यधिक रुपमा भइरहेको छ । नेपाली कांग्रेसको युवा संगठन तरुण दल पथरी शनिश्चरेको नगर सभापति भई युवा नेतृत्वलाई सम्हालिसकेका कटुवालले १४ औं महाधिवेसनबाट पार्टी नेतृत्वमा पाइला अगाडि बढाउन लागेका हुन् ।

नेपाली कांग्रेसको १३ आंै महाधिवेसनबाट तरुण दल नगर सभापतिमा निर्वाचित भइ ८ वर्ष सम्म युवाहरुको नेतृत्व गर्न सफल भएका कटुवालले युवाहरुकै माग बमोजिम आफू १४ आंै महाधिवेसनबाट पार्टी राजनीतिमा पाइला टेक्ने हिम्मत गरेको सुझाए । विद्यार्थी जीवन कालदेखि नै नेपाली कांग्रेस पार्टीमा आस्था राख्दै काग्रेसको निति नियम र पद्धतिमा रहेर जीवनको युवा जोशजाँगर लाई सुम्पेका कटुवालले पदिय जिम्मेवारी भन्दा बाहिर रहेर पनि काग्रेसपार्टीको गतिविधिमा सामेल हँुदै आएका छन् ।

वि।सं। २०६२÷६३ को जन–आन्दोलन होस् या अन्य जनभावना विरोधी क्रियाकलाप हुन्, कटुवाल जनन्याय स्थापित गर्न अग्रभागमा रहेर सघर्ष गर्ने र आवाजलाई बुलन्द गर्ने युवाका रुपमा पथरी शनिश्चरेमा स्थापित व्याक्ति हुन् । पथरी शनिश्चरेमा पार्टीमा मात्र नभएर अन्तरपार्टीमा पनि राम्रो छवि बनाएका युवा व्यावसायी कटुवालले पार्टीको अस्तीत्व र गरिमा उँचो राख्न् युवाहरुलाई अवसर दिनुपर्ने मत राख्दछन् । बलियो काग्रेस र समृद्ध नेपाल बनाउन नेपाली काग्रेसले अवको दिनमा पाकालाई सम्मान र युवालाई प्रोत्साहान गर्दै लग्नु पर्ने उनको तर्क छ ।

वि।सं। २०६२÷६३ को जन–आन्दोलनबाट प्राप्त उपलव्धि लोकतन्त्र र संविधानको रक्षा नै भावि पिढीको मुल चुनौती भएका कारण सोको रक्षा र अधुनिकीकरण गर्नका लागि पनि नेपाली कांग्रेस पार्टीमा युवाहरुलाई अवसर दिदै लग्नु पर्ने मान्यता उनमा छ । उमेरका हिसावले ३५ औ वसन्तका पाइलाहरु उचालिरहेका कटुवाल जति पार्टी राजनितिमा सक्रिय देखिन्छन् त्यति नै उनि सामाजिक सेवामा पनि सर्मपित छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes