शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ९ ले नयां नेतृत्व पाएको छ । शनिबार सम्पन्न वडाको भेलाले ईश्वर चौहानको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो ।
वडा कमिटिको वरिष्ठ उपाध्यक्षमा हरि शेर्मा, उपाध्यक्ष शान्तिराम खड्का, सचिव भुपाल ठटाल र कोषाध्यक्षमा रुद्रकुमारी सुवेदी चयन भएका छन् भने सह–सचिव पछि थप्ने जनाईएको छ । वडा कमिटिको सदस्यहरुमा झमक भट्टराई, के.वी. गिरी, श्यामबहादुर चौहान, अनन्त पाण्डे, मोहन बुढाथोकी, निरञ्जन मण्डल, बालकृष्ण कार्की, अविकेशर चौहान, दिपेश राई, महेन्द्र गुरुङ, रुद्रबहादुर दाहाल, कृष्णबहादुर चौहान, पदम वर्देवा, अनिता विश्वकर्मा, कृष्ण घिमिरे रहेका छन् । यसैगरी, प्रदिप थापा, डम्बर मगर, राजकुमार राई, सुरज राई, एकराज ढुंगाना, विनोद धिमाल, जगत कार्की रहेका छन् ।
वडा भेलाले सन्तोष कठायतको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा हर्क नेपाली र ओमबहादुर ढकाल रहेका छन् ।
जेष्ठ सदस्य शान्तिराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य गीता तिम्सिना, जिल्ला सचिवालय सदस्य एवं नगर ईञ्चार्ज दिनानाथ तिम्सिना, जिल्ला सदस्य बालकुमार मगर, नगर कार्यवाहक अध्यक्ष प्रेम ढकाल, उपाध्यक्ष गोविन्द कटुवाल, सचिव मोहन लिम्बू नगर सह–सचिव मान दियालीलगायतको उपस्थिति रहेको थियो ।