राजघाट । कुलझोरा फलफुल तथा तरकारी उत्पादक सहकारी संस्था लिमिटेड को ११औं चुनावी साधारणसभाबाट नयां नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न संस्थाको साधारणसभाले ईश्वर बरालको अध्यक्षतामा निर्विरोध नयां नेतृत्व चयन गरेको हो ।
संस्थाको कार्यसमिति उपाध्यक्षमा सूर्य गौतम, सचिवमा एम नाथ दाहाल, सह–सचिवमा शोभा श्रेष्ठ र कोषाध्यक्षमा कृष्णा ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, संस्थाको सदस्यहरुमा हरि प्रसाद सेन्दाङ, अम्विका पौडेल, श्रीप्रसाद आचार्य, तेज प्रसाद आचार्य, हेमन्त पौडेल, र ख्याम नेपाल रहेका छन् ।