माओवादी केन्द्रले उद्योग वाणिज्य संघमा विजयीलाई गर्यो सम्मान - Pahilo Online

माओवादी केन्द्रले उद्योग वाणिज्य संघमा विजयीलाई गर्यो सम्मान

writer

पहिलो अनलाइन

पथरी । पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभाबाट सदस्यमा विजयी तुलसी लुनिया सम्मानित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले उनलाई सोमबार पथरीमा एक कार्यक्रम गरी दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । लुनिया गत २८ गते भएको पथरी उधोग वाणिज्य संघको चुनावमा सबैभन्दा कान्छो उम्मेदवारको रुपमा विजयी भएका थिए ।

वाणिज्यमा प्रविधि भित्र्याउने उद्देश्यका साथ चुनावी मैदानमा होमिएका लुनिया माओवादीका सदस्यसमेत हुन् । आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै लुनियाले आगामी दिनमा वाणिज्यमा आबद्ध सबै व्यापारी साथै व्यापारिक गतिविधिलाई डिजीटलाईज्ड गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२४ बर्ष मात्र पुग्दै गरेका लुनीयाको बाउ महाविर जैन, आमा लगायतका परिवार माओवादी सम्बद्ध कार्यकर्ता हुन् । गठबन्धनमा माओवादी केन्द्रले उपाध्यक्ष, सचिव लगायतको ४ वटा पदमा उमेद्वारी दिएपनि लुनीयाले मा त्र जितेका ह्न । पथरी उद्योग वाणिज्य संघमा सदस्य जितेका लुनीया सूचना प्रविधि सम्बन्धी अध्ययन गर्दै आएका विद्यार्थी हुन् ।

सम्मानित लुनीयाले चाँडै पथरी उवा संघको वेवसाइट निर्माण गरेर संघको क्रियाकलापलाई विश्वब्यापी बनाउन लागि पर्ने बताए । उनले वाणिज्य संघमा रहेका उद्योगी, ब्याबसायीलाई प्रविधि मैत्री बनाउन पहल गर्ने बताए । लुनीयालाई माओवादी केन्द्र पथरीशनिश्चरेले सोमबार पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान गरेका थिए । लुनीयालाई पथरीको मोरङ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी डा. उमेश गुरागाईले दोसल्ला ओढाएका थिए ।

पार्टीको कार्यवाहक अध्यक्ष प्रेम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर इन्चार्ज दिनानाथ तिम्सिना, सहइन्चार्ज बालकुमार मगर लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धनबाट उठेका कांग्रेस सम्बद्ध सबै उमेद्वारले जितेपनि माओवादी पार्टी सम्बद्ध उमेद्वार पराजित हुनुमा पार्टी नेताहरुको भूमिका पर्याप्त नभएको गुनासो बाहिर आएको छ । पार्टीले निर्णय गरेर उमेद्वार पठाएको राजकुमार तिरुवाको ठाउँमा अर्कै ब्यक्तिले मनोनयन दर्ता गर्दासम्म पार्टी नेताहरुले पर्याप्त पहल नगरेको पार्टी सम्बद्ध ब्याबसायीहरुको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes