भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा प्रर्दशन - Pahilo Online

भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा प्रर्दशन

writer

पहिलो अनलाइन

कानेपोखरी । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा मोरङको कानेपोखरीमा नेकपा एमालेले गठबन्धन सरकारका विरुद्धमा विरोध प्रदर्शन गरेको छ । भूमिहिन जनताको जमिन माथिको अधिकारमा बन्देज गर्ने जनविरोधी निर्णय सच्याउन माग गर्दै प्लेकार्ड सहीत शुक्रबार विरोध प्रदर्शन गरिएको हो ।

एमालेले जनताको अपेक्षा र अधिकार माथि प्रहार गर्ने सरकारको यस निर्णयको निन्दा गर्दै यसलाई अविलम्ब सच्याउन माग गरेको छ । कोणसभामा बक्ताहरुले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको पेटमा लात हानेको आरोप लगाएका छन् । ३१९ भन्दा बढी पालिकाहरुमा लगत संकलन पूरा भएर वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग खारेज गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकार सम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको बताए ।


नेकपा एमाले कानेपोखरी गाउँकमिटिको आयोजनामा भएको विरोध कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका सुकुम्बासीहरु भेला भएका थिए । सुकुम्बासी मारा सरकार मुर्दाबाद, भूमिहीन सुकुम्बासी एक हौं, खारेज गरेको भूमि आयोग फिर्ता गर, भुमिहीन सुकुम्बासीलाई जग्गा धनी पुर्जा दे र सुकुम्बासीहरुको भूमि खोस्न पाईदैन, परमादेश सरकार चाहिदैंन, जस्ता नाराहरुको प्लेकार्ड बोकी र्र्यालीले रमाइलो बजार परिक्रमा गरेको थियो । रमाइलो बजार परिक्रमा गरी स्थानीय सरकार गाउँपालिका अगाडी कोण सभा गरी कार्यक्रम समापन गरेको थियो ।
नेकपा एमाले प्रदेश सदस्य युवराज बास्कोटा, जिल्ला सदस्य भोला अधिकारी, सुकुम्बासी नेता राजकुमार लिम्बु, धनबहादुर लिम्बुले कोण सभालाई सम्बोधन गरेका थिए । सुकुम्बासी नेता तथा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेलले अहिले सम्म गाउँपालिकामा भएको सुकुम्बासीहरुको कामको बारेमा बताएका थिए । त्यसैगरी एमाले गाउँ कमिटि अध्यक्ष दानबहादुर बस्नेतले तीन पन्ने ज्ञापन पत्र पढेर आफ्नो भनाई राख्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम गाउँ कमिटि सचिव चरण गुरुङले संचालन गरेका थिए ।


यसैविच कार्यक्रम पछि नेपाल सरकारका प्रधानमन्त्रीको हातमा पुग्ने गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामलाई भेटी सुकुम्बासीहरुले ज्ञापन पत्र बुझाँएका थिए । पत्र बुझ्र्दै गाउँपालिका अध्यक्ष काफ्लेले तत्काल प्रधानमन्त्रीको कार्यालयमा पुग्ने गरी पत्रचार, मेल गर्ने प्रतिवद्धता व्याक्त गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले करिब १४ महिनाको अवधिमा मुलुकका ७४७ पालिकाहरुसाग सम्झौता गरेको थियो । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरू तथा ९,२२,८०१ अव्यवस्थित बसोबासीहरूले विवरण फारम भरिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes