बहिनीले मृगौला दिन तयार भएपनि फेर्नलाई पैसा छैन - Pahilo Online

बहिनीले मृगौला दिन तयार भएपनि फेर्नलाई पैसा छैन

writer

पहिलो अनलाइन

पथरी । दुबै मृगौला काम नलाग्ने भएका ४० बर्षिय सुमन बर्देबा (दर्जी)लाई आफ्नै बहिनीले अंग(मृगौला) दिन तयार भएपनि फेर्नलाई अस्पतालमा लाग्ने खर्च नहुँदा समस्या भएकोले सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।

स्थायी घर संखुवासभाको खाँदबारी भएका सुमन सुनसरीका धरान–१ सनमार्गमा करिब दुई दशकदेखि भाडामा बस्दै आएका थिए । पेसाले यातायात तथा मालबाहक गाडि चालक बर्देबा, पत्नि सन्तोषी राई, दुई छोरी र एक छोराका अभिभाक हुन् ।
डेरामा बसेर गाडि चलाउने पेसाले परिवार पाल्दै आएका बर्देबाको दुबै मृगौलाले काम गर्न छाडेपछि अंग फेर्न मात्र होइन, जिविको पार्जनसमेत समस्या आइलागेको छ ।

लामो समय यातायातको साधन चलाउदै आएका सुमनले बालबाहक पिकअप किनेर चलाउदै आएका थिए ।
गत चैत्र २७ गते ९२०७७, पाँच महिना अघि० सुमनलाई दाँत दुःखेको महशुस भयो । अस्पताल गएर परीक्षण गराए । दाँतको डाक्टरले रगत परीक्षण गर्ने सुझाब दिए । सोह अनुसार परीक्षण गराउने क्रममा शरीरमा रगत कमहुँदै गएको पत्ता लाग्यो । यसै क्रममा सुमन बर्देबाको दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाहा भयो ।
सुमनलाई शरीरमा घोच्ने, पोल्ने, खुट्टा सुन्निने जस्ता समस्याले च्याप्दै लगेपछि गाडि हाक्ने काम छाडेर उपचारमा लागे । स्वास्थ्य कर्मीले हप्तामा दुई पटक डाइलोसिस गर्नुपर्ने सुझाव दिएपनि हालसम्म पाँच पटक मात्र गराएको पत्नि शन्तोषि राईले जानकारी दिइन ।
आफूसँग भएको केही रकम र पिकअप भेन बिक्री गरेर औषधी, डाइलोसिस लगायतको उपचार भइरहेको छ । उमेरले ४० मात्र पुग्दै गरेकाले स्वास्थ्य कर्मीहरुले सकेसम्म मृगौला प्रत्यारोपण गर्न सुझाव दिएको पीडित सुमनको भतिज बिशाल बर्देबाले बताए ।

दिनभर काम गरेर बेलुका परिवारको छान टार्दै जीविको पार्जन गर्दै आएका सुमनलाई आफ्नै कान्छि बहिनी मुनाले मृगौला त दिने भएकी छन् । तर, मृगौला फेर्नको लागि आवश्यक खर्च अभाव रहेकोले सहयोग गरेर जीवन बचाइदिन सुमन बर्देबा र उनकी पत्नि शन्तोषी राई ९दर्जी०ले आम जनसमुदायसाग अनुरोध गरेका छन् ।


मृगौला प्रत्यारोपन काठमाडौको त्रिवि शिक्षण अस्पताल र भक्तपुरको अर्को अस्पतालमा प्रत्यारोपण हुन्छ भनेको पीडित बर्देबा परिवारले सुनेका छन् । प्रत्यारोपणको लागि १३ देखि १५ लाखसम्म खर्च हुन्छ भन्ने सुनेको शन्तोषी राईले बताइन ।
मृगौला बहिनीले दिने भएपनि प्रत्यारोपणको लागि लाग्ने खर्च जोहो गर्न समस्या भएकोले पीडित परिवारले उक्त रकम जुटाएर सुमनको जीवन बचाइ दिन अनुरोध गरेका हुन् ।

सुमनको भतिज बिशाल बर्देबा मोरङको पथरीशनिश्चरे नगरपालिका ४ नम्बर वडामा बस्छन् । काकालाई रोगले सताएपछि उपचारको लागि बिशालले चिनेजानेका आफन्त र साथिभाईसँग सहयोग जुटाउने प्रयास गरिरहेका छन् । सहयोग रसिद छापेर आर्थिक संकलन थालेका बिशालले दुई लाख भन्दा बढी संकलन गरेर डाइलासिस तथा औषधि उपचार गराउदै आएका छन् । हालसम्म चार लाख बढी खर्च भइसकेको पीडित परिवारले जानकारी दिए ।

 

छोरा, छोरी परिवार पाल्ने र डेराभारा तिर्ने समस्याको वीच मृगौला प्रत्यारोपण गरेर जीवन बचाउन झन ठूलो आर्थिक समस्या आइ परेको छ सुमनलाई ।
उनी भन्छन ‘‘मलाई बाँच्ने ईच्छा छ, बचाउनुस’ ‘बहिनीले मुगौला दिने भएपछि बाँच्छु भन्ने लागेको छ, प्रत्यारोपण गर्न रकम जुटाइदिन देश, विदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरुलाई अनुरोध गर्दछु ।’’

 

सहयोग गर्न चाहने दाजुभाई, दिदीबहिनीहरुका लागि पीडित सुमन बर्देबाका पत्नि शन्तोषि राई९दर्जी०ले राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २१६००२८०६७१० उपलब्ध गराएकी छन् । सुमनको जीवन बचाउन सहयोग गर्न चाहने दाजुभाई, दिदीबहिनीहरुका लागि शन्तोषिले नेपालको ९८१४३६५००३, ९८०५३८६६२४ मोबाइल नम्बरमा फोन सम्पर्क गरेर सहयोगि गरिदिन अनुरोध गरेकी छन् ।

मोरङ पथरीशनिश्चरे नगर उपप्रमुख विष्टद्वारा सहयोग शुरुवात
सुनसरीको धरानमा रहेका मृगौला पीडित सुमन बर्देबाको उपचारमा सहयोग पु¥याउन मोरङ पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।
बिहिबार मृगौला पीडित सुमनको भजित बिशाल बर्देबालाई नगरपालिकामै बोलाउर सहयोगको शुरुवात स्वरुप पाँच हजार रुपैया हस्तान्तरण गरेकी हुन् । सहयोग हस्तान्तरण गर्दै उपप्रमुख विष्टले सुमनको सिघ्र, स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्च जुटोस भन्ने उदेश्यले सानो सहयोग गरेको बताए ।


सुमनको जीवन रक्षाको लागि वडाबाट शिफारिस आए नगरबाट पनि सकेको सहयोग गर्ने उपप्रमुख विष्टले प्रतिबद्धता दिए । सोही कार्यक्रममा नगरको कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य भद्रमान बिकले एक हजार सहयोग प्रदान गरे । सुमन बर्देबाको उपचार खर्च जुटाउन पथरीशनिश्चरे ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीले पनि सहयोग गरिरहेको पीडितको भजित बिशाल बर्देबाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes