पञ्चायत माविमा आमसञ्चार र पत्रकारिता पढाइ हुने - Pahilo Online

पञ्चायत माविमा आमसञ्चार र पत्रकारिता पढाइ हुने

writer

केशव निरौला

केशव निरौला

पथरी । पूर्वोत्तर मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय पढाइ सुरु गर्ने भएको छ । शैक्षिक सत्र २०७८ देखि नयाँ विषयको रूपमा आमसञ्चार र पत्रकारिता पढाउने गरी भर्ना आह्वान गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

बर्सेनि नयाँ विषय समूह थप गर्दै आएको यस विद्यालयले गत वर्ष ललितकला (मूर्तिकला, चित्रकला आदि) र त्यसअघि कानुन समूहका विषय थप गरी नियमित पठनपाठन गर्दै आएको छ । यो वर्ष भने व्यावहारिक विषयको रूपमा ऐच्छिक चौथो समूहमा पर्ने कोड नम्बर ४४११ को आमसञ्चार र पत्रकारिता विषय पढाउने निधो गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोले बताउनुभयो ।

पूर्वी मोरङमा क्रियाशील पत्रकार र अन्य नवप्रवेशीका लागि लक्षित गरी यस विद्यालयले कक्षा ११ र १२ मा आमसञ्चार र पत्रकारिता विषय पढाउने व्यवस्था मिलाएको बताउनुहुन्छ प्रअ बुढाथोकी ।

पञ्चायत माविमा अहिले विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला, व्यवस्थापन, शिक्षा र मानविकी समूहका विषय पढाइ भइरहेकामा आमसञ्चार र पत्रकारिता भने मानविकी तथा शिक्षा समूहमा पढाउने व्यवस्था मिलाइएको छ ।

योसँगै विराटनगरबाहिर पहिलोपटक व्यावहारिक एवम् व्यावसायिक स्तरमा समयसान्दर्भिक ठानिएको आमसञ्चार र पत्रकारिता शिक्षाको पठनपाठन पनि पथरीशनिश्चरे नगरबाटै सुरु हुँदै छ । स्मरणीय छ, नेपाल पत्रकार महासङ्घ मोरङले समेत भर्खरै मात्र आमसञ्चार र पत्रकारिता विषयको पठनपाठन गराउन आवश्यक पहल होस् भनी यस विद्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes