कमलपुर सामुदायिक वनको प्रगति - Pahilo Online

कमलपुर सामुदायिक वनको प्रगति

writer

पहिलो अनलाइन

लेटाङ (मोरङ) । उत्तरी मोरङको लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले लोभलाग्दो प्रगति गरेको छ । वन समूहले वन विकास, गरिवि न्यूनिकरणका साथै सामाजिक विकासका कामहरु गरेको छ ।

समूहले २०७८ असार ७ गते सव–डिभिजन वन कार्यालय लेटांङबाट प्राप्त वन्यजन्तु आहारको लागि फलफुल लगायत अन्य बिरुवाहरु वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत कुप न १ मा र अन्य स्थानमा वृक्षारोपण गरेको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तरगत पुनर्उत्पान कटान गरीएका कुपमा उत्पादन भएका विरुवा गोडमेल र झाडी सफाई समेत गर्ने गरेको छ ।

यसैगरी, जम्मा आम्दानिको १० प्रतिशत कर तिर्ने लेटाङ नगरपालिकाको नियमलाई कमलपुर सामुदायिक वनले पालना गरेर नगर कै पहिलो कर तिर्ने सामुदायिक वन हुन सफल बनेको छ । असार १६ गते वन समूहका अध्यक्ष गोपाल श्रेष्ठ र सचिव यामकुमारी खतिवडाले नगरप्रमुख शंकर राईलाई नगरपालिकाको खातामा जम्मा गरेको भौचर बुझाएका थिए । उक्त वनले कुल आम्दानिको १० प्रतिशत हुन आउने १ लाख ४५ हजार ५ सय ५० रुपैया कर बुझाएको हो ।


कर तिर्ने पहिलो सामुदायिक वन भएकोमा नगरप्रमुख शंकर राईले वन समूह तथा पधाधिकारी र सबै उपभोक्ताहरुलाई धन्यबाद दिएका थिए । नगर प्रमुख राईले कर तिर्नु हरेक नागरिक तथा संघ सस्थाको कर्तब्य भएको बताए । कोरोनाको कारण भएको बन्दाबन्दी तथा आर्थिक क्षतिलाई मध्यनजर गर्दै अधिकांस करमा छुटको ब्यबस्था लेटाङ नगरपालिकाले गरेको समेत जानकारी दिए ।

कमलपुर सामुदायिक वन उपभोक्ता समूहले आफैं उत्पादन गरेका र डिभिजन वन कार्यालयबाट उपलब्ध भएका विभिन्न प्रजातिका विरूवा उपभोक्ताहरुलाई निःशुल्क वितरण गदै आएको छ । यसैगरी, समूहको उन्नयनका लागि योजना बनाउने, कार्यान्वय र मातहतका कार्यालयबाट आएको निर्देशन पालना गराउन नियमित मासिक बैठकहरु गर्ने गरेको छ ।


असार ३० गते लेटाङ –३ नं. वडा कार्यालय र कमलपुर सामुदायिक वन उपभोक्ता समुहको सयुक्त लगानिमा कमलपुर बस्ती बाटोमा रोड लाईट जडान गरी बाल्ने कार्य सम्पन्न भएको छ । उक्त अवसरमा वडाध्यक्ष देवराज चाम्लिङ, वडा सदस्य कमल राज राई, कुसुम सिवा, गोपाल वस्ति, बिना बुढाथोकी, समूहका अध्यक्ष गोपाल श्रेष्ठ, सचिव यामकुमारी खतिवडालगायतको उपस्थिति रहेको थियो । जसले गर्दा दुर्घटना, अपराधमा कमि आउने विश्वास लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes