कुटपिट भएको पाँच दिनपछि बल्ल मुद्धा दर्ता, पीडितलाई जबरजस्ति हस्ताक्षर - Pahilo Online

कुटपिट भएको पाँच दिनपछि बल्ल मुद्धा दर्ता, पीडितलाई जबरजस्ति हस्ताक्षर

writer

पहिलो अनलाइन

पथरी मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको पाँच दिनपछि आइतबार बल्ला मुद्धा दर्ता भएको छ । जग्गाको सीमानामा घाँस काटेको निहुमा साउन ६ गते साँझ छिमेकी डिल्लि नेपाल र उनकै पत्नि हेमा नेपालले ४२ बर्षिय बर्षा दर्जीलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट बर्षाको टाउको, अनुहारमा निलडाम देखिएको छ । बर्षा विराटनगरको नोवेल अस्पतालमा सीटी स्क्यान गराई पथरीको मोरङ अस्पतालमा उपचार गराइरहेकी छन् । कुटपिट भएको साँझ भागेर प्रहरीलाई गुहार माग्दै हिलो र रगतपक्ष भएर इलाका प्रहरी कार्यालय पथरी आएकी थिइन । यद्यपि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कृष्ण खड्काले मुद्धा दर्ता गरेर कारबाही प्रकृया अघि नबढाएकाले आफूलाई असुरक्षा बढेको बर्षा दर्जीले बताउदै आएकी थिइन ।

कुटपिट भएको पाँच दिनपछि आइतबार (साउन १०) गते जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्धा दर्ता गरेको बुझिएको छ । त्यहाँबाट सात दिनको लागि म्याद थप भएको बुझिएको छ । यद्यपि बर्षा दर्जीलाई कुटपिटको आरोपित डिल्लिराम नेपाललाई रुद्र पोखरेलले मोटरसाइकलमा इलाका प्रहरी कार्यालय ल्याइ दिएको पीडित बर्षा दर्जीले बताए । प्रहरीले आफूमाथि मरनासन्न हुने गरी कुटपिट गर्ने नेपाललाई सम्मानित र आफूलाई हप्तिदप्कीको ब्याबहार गरेको बर्षाको भनाइ छ ।

आफू उपचार गराइरहेको मोरङ अस्पतालमा आइतबार बिहान दुई जना प्रहरी आएर तीन वटा कागजमा हस्ताक्षर गर्नु भनेपछि पढेर वा सुनेर गर्ने भन्दा हतार छ भन्दै पढ्न नदिइ हस्ताक्षर गराएको बर्षाको भनाइ छ । बर्षाको नजिकै बेडका अर्का कुरुवालाई साँक्षीको रुपमा देखाउदै सुनेर हस्ताक्षर गर्छु भन्दा प्रहरीले अपशब्द प्रयोग गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी खड्काले भने सर्जिमिन मुचुल्कामा हस्ताक्षर गराएको बताएका छन् । सर्जिमिन मुचुल्कामा को को साँक्षी छन र कस्तो मुचुल्का उठाइयो हेर्न पाउनुपर्ने बर्षाको भनाइ छ । मुद्धामा जाहेरी पत्र, सर्जिमिन मुचुल्का र बयाननै मुख्य प्रमाणको रुपमा लिइन्छ । यद्यपि डीएसपी खड्का भने त्यो कसरी कुटपिट भएको हो भन्ने सामान्य कागज भएको बताउछन् । यो घट्नामा प्रहरीले तत्काल एक्सन नगरेर समान्य रुपमा लिदा एक आपसमा संका उपसंका बढ्दै गएको देखिन्छ । डीएसपी खड्काले समाजिक रुपमा मिल्ने कुरा आइरहेपछि तत्काल मुद्धा दर्ता नगरेको बताउदै आएका छन भने पीडित बर्षा दर्जी भने प्रहरीले आफूलाई सहयोग नगरेको पीडक पक्षसँग खुसामत गरिरहेको आरोप लगाउदै आएकी छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes