पूर्वोत्तर मोरङका पाँच शैक्षिक संस्थामा पत्रकारिता विषय पठनपाठनको माग - Pahilo Online

पूर्वोत्तर मोरङका पाँच शैक्षिक संस्थामा पत्रकारिता विषय पठनपाठनको माग

writer

पुजन दास

मोरङ । नेपाल पत्रकार महासंघ मोरङले पूर्वोत्तर मोरङको पाँच वटा शैक्षिक संस्थामा आमसञ्चार र पत्रकारिता विषय पठनपाठन सुरु गर्न माग गरेको छ। बिहीबार नेपाल पत्रकार महासंघ मोरङको टोलीले उर्लाबारी नगरको उर्लाबारी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे नगरको पञ्चायत मावि, लेटाङको शान्ति भगवती मावि, सुन्दरहरैचाको सुकुना मावि र बेलबारी नगरका रहेको भगवति माविमा ११ र १२ कक्षामा आम सञ्चार र पत्रकारिता विषय पठनपाठन सुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सहसचिव प्रशान्त निरौला, सदस्यहरू तेजन खड्का, सुरेश अधिकारी, नवराज भट्टराई, वविता राई, दिपा धिमाल, प्रदेश पार्सद ज्योति चौहान, निवर्तमान जिल्ला सदस्य सुमन घिमिरे, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार केशव निरौला, भूमिप्रसाद पाठक, अनु निरौला लगायतको टोली क्याम्पस र विद्यालयहरू पुगेको थियो। यस्तै टोलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, राष्ट्रिय समाचार पत्र दैनिकका प्रकाशक÷सम्पादक केदार चौहान लगायतको उपस्थिति थियो ।

विश्व जगतमा एकपछि अर्को गर्दै सूचना तथा आम सञ्चारको महत्व बढ्दै गएकाले तत्काल यी शैक्षिक संस्थाहरुमा प्रतिनिधि रूपमा पठनपाठन सुरु गर्न सान्दर्भिक हुने महासंघले उल्लेख गरेको छ । पूर्वोत्तर मोरङका कुनै पनि शैक्षिक संस्थामा पत्रकारिता विषय पढाइ नभएको कारण जिल्लामा कार्यरत पत्रकारहरु अधिकांश तालिम र अभ्यासको भरमा मात्रै पत्रकारिता गर्दै आएका छन् । तल्लो तहमा पत्रकारिता पढ्न नपाएको कारण अन्य विषयमा नै स्नातक, स्नाकोत्तर गरेर विभिन्न मिडियाहरूमा काम गर्दै आएका छन् । ज्ञापनपत्र बुझ्ने क्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख बेधराज भट्टराईले पत्रकारिता विषय थप गर्नका लागि तत्काल प्रयास गर्ने बताए । यस्तै पथरीशनिश्चरे नगरको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले पत्रकारिता विषय थप्न समस्या नहुने बताए । एउटा विषय मात्र थप्दा विद्यालयलाई ठूलो व्यय भार पनि नपर्ने भएकाले सल्लाह गरेर विषय थप्न सकिने बताए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोको पनि उपस्थिति रहेको थियो । लेटाङ नगरपालिकामा रहेको शान्ति भगवती माविका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयमा नयाँ विषयहरु थप्ने कुरा भइरहेकाले पत्रकारिता विषय थप्न सकिने बताए । त्यसैगरी सुन्दरहरैचा नगरमा रहेको सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले नागरिकको चेतना वृद्धि र विकृति विसङ्गति नियन्त्रणका लागि पत्रकारिता विषय आवश्यक रहेको बताए । श्रेष्ठले पत्रकारिता विषय थप गर्ने सम्बन्धमा विद्यालयको ध्यान केन्द्रित भएको प्रतिक्रिया दिए । त्यसैगरी बेलबारी नगरपालिकाको भगवती माविमा समेत ज्ञापन पत्र बुझाइएको छ ।

अधिकांश शैक्षिक संस्थाका सञ्चालक तथा प्रशासन प्रमुख (प्रधानाध्यापक)हरूबाट पत्रकारिता विषय थप गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले बताए । संघीय गणतन्त्र स्थापनापछि गठन भएको स्थानीय तह (पालिका) सरकारलाई पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशनका साथै विषय थप्ने, घटाउने अधिकार भएकाले शैक्षिक संस्था र सम्बन्धित स्थानीय तहले चाहेमा पत्रकारिता विषय थप्न समस्या नहुने टोलीमा संलग्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes