अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी पेस - Pahilo Online

अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी पेस

writer

झापा । २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका मेमोरी किङ भनेर चिनिएका झापाका युवा प्रतिभा अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी पेस गरेका छन्। भद्रपुर नगरपालिका–८ का स्थायी बासिन्दा ३२ वर्षीय शर्माले सन् २०१५ मा भारतका जयसिम्हा रविलाभाको ४० वटा वस्तुको स्मरणको गिनिज रेकर्ड तोड्दै शर्माले त्यसबेला दमकमा आयोजित गिनिज बुक होल्डरका अगाडि एक मिनेटमा ४२ प्रकारका वस्तु स्मरण गरी विश्वकीर्तिमान कायम गरेका थिए।

आइतबार बिर्तामोडस्थित सिद्धार्थ होटेलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए। उनकै विगतको रेकर्ड नबल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गर्दै कीर्तिमान उछिनेका थिए। अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्ने दाबी प्रस्तुत गरेको छ।

उनले गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए। सो कार्यक्रममा नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम स्मरण प्रस्तुतिको भिडियो क्लिपलाई प्रमाणको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि पठाइसकेको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको शर्माले बताए।

गिनिज बुकमा नाम लेखाएका युवा प्रतिभा शर्मालाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes