किसानचौक–रमिते रवि सडक कालोपत्र महिना दिनमै उप्किन थाल्यो - Pahilo Online

किसानचौक–रमिते रवि सडक कालोपत्र महिना दिनमै उप्किन थाल्यो

writer

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाभित्र पर्ने किसानचौक–रमिते रवि सडक कालोपत्र गरिएको महिना दिनमै उप्किन थालेको छ । मोरङको पहाडी जिल्ला जोड्ने सडक खण्ड अन्तर्गत ७ सय मिटर कालोपत्रे उप्किन थालेको हो । कालोपत्रे सम्पन्न गरेको महिना दिन पुरा भएपछि किसानचौक–रमिते रवि सडकको कालोपत्रे गरिएको सडकको गिट्टी छरिन थालेको छ ।

निर्माण कम्पनीले राम्रोसँग बेस, रोलिङ्ग नगरि कालोपत्रे गर्दा अहिले किसानचौक– रमिते रवि सडकको पिच उप्किन लागेको हो । ‘सडक निर्माण गर्दा गुणस्तरीय बनाउन स्थानीयले निरन्तर खवरदारी गरे पनि बेवास्ता गरीएको,’ स्थानीय बताए । ‘निर्माण कम्पनीले हाम्रो कुनै सुनवाइ नगरी अटेरी भएर राम्रोसँग सोलिङ्ग नगरी प्राइम लगाएर कालोपत्रे गरिरदा अहिले यो सडकको यस्तो दुर्दशा हुन आएको छ ।’

स्थानीयले गुणस्तरहिन सडक निर्माण गरेकोले स्थानीय निकाय र प्रदेश सरकारले सडकको अनुगमन गरि गुणस्तरीय सडक निर्माणको लागि पहल गरिदिनुपर्ने माग राखेका छन् । ढुण्डी कन्सट्रक्सन निर्माण सेवा रतुवामाईले १ करोड १७ लाख रुपैयाँमा सडक कालोपत्रे गरेको हो ।

मोरङको उत्तरी क्षेत्रका स्थानीयलाई आवगमनमा सहज पु¥याउने उद्देश्यले पूर्व–पश्चिम राजमार्ग सँग जोड्ने सो सडकलाई प्रदेश १ सरकारले गौरवको योजनाको रुपमा राखेको छ । प्रदेशस्तरीय योजनामा समावेश भएको सडक भएपनि नेपाल सरकार सडक बिभागमार्फत ठेक्का आव्हान गरी कालोपत्रे गरिएको ७ सय मिटर सडक महिना दिनमै भत्किएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes