श्रीमतीको हत्या गरी श्रीमान फरार - Pahilo Online

श्रीमतीको हत्या गरी श्रीमान फरार

writer

झापा । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए। प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएको खुलेको छ। कुटपिटका क्रममा उनको सोही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए। घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles