प्रधानमन्त्रीको रूपमा देउवाले पाँचौ पटक शपथ लिए - Pahilo Online

प्रधानमन्त्रीको रूपमा देउवाले पाँचौ पटक शपथ लिए

writer

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतल निवासमा सपथ खुवाएकी हुन्।

यस्तै राष्ट्रपतिले आजै गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्री जनार्दन शर्मा तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुषाललाई खुवाएकी छन्। राष्ट्रपति भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेपछि सपथग्रण कार्यक्रम सवा दुई घण्टा ढिलो सुरु भएको थियो।

देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन्। देउवालाई संविधानको धारा ७६ (५) अनुसार शपथ खुवाउने सहमति पछि देउवाले शपथ लिएका हुन्।

शपथ खुवाउँदा ‘सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो। संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes