कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान - Pahilo Online

कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान

writer

दिनेश सुब्बा । पथरी । कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङद्धारा नियमित तेक्वान्दो खेल्ने ५४ खेलाडीलाई योग्यताको बेल्ट प्रदान गरिएको छ । शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी खेलाडीको योग्यताको परीक्षा गरी बेल्ट प्रदान गरिएको हो । ४७ जना खेलाडीलाई ओरेन्ज बेल्ट, ६ जनालाई स्टेप ग्रिन बेल्ट र १ जना आशिष भुजेललाई स्टेप ब्लाक बेल्ट प्रदान गरिएको छ । कार्यक्रममा खेलाडीहरुलाई प्रमुखअतिथि, विशिष्ट अतिथि र अतिथिहरुले बेल्टको प्रमाण पत्रप्रदान गरेको थियो ।


त्यसैगरी कार्यक्रममा खेलअवधीभर अनुसाशित खेल्ने आकृती दवाडी, खेलमा नियमित उपस्थितहुने खेलाडीमा सौगात चौधरी र खेलमा उत्कृष्ट प्रदर्शनमा आशिका माझीलाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको व्यवस्थालायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौडेलले गरेका थिए । कार्यक्रममा आइटिएफ तेक्वान्दोको प्रमुख प्रशिक्षक मायुव राज भुजेल र इन्दिरा थापालाई जिम्मेवारी दिएको छ । आइटिएफ तेक्वान्दो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्कीले भुजेल र थापालाई प्रमुख प्रशिक्षको प्रमाण पत्रप्रदान गरेका थिए ।

जुनियर बेल्ट टेष्ट ग्रेडिङ्मा सहभागी प्रशिक्षर्थीहरुलाई प्रशिक्षक नविन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमालले शारिरीक र मौखिक परिक्षा लिएका थिए । कार्यक्रममा नेकपा एमालेको तर्फबाट कुमार फुयल, नेपालीकांग्रेसको तर्फबाट नेत्र थापा, अभिभावकको तर्फबाट कृष्ण कुमारी दवाडी, होम न्यौपाने, राष्टिय युवा संघ केन्दिय सदस्यतथा मोरङ अध्यक्षनविनपौडेल, कार्यक्रमको विशेष आइटिएफ तेक्वान्दो १ नम्बर प्रदेशकाअध्यक्ष प्रविण कार्की र प्रमुख अतिथि कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले शुभकामना मन्तव्य दिएका थिए ।


कार्यक्रममा खड्ग बस्नेत, हरी न्यौपाने, मितेरी युवा क्लबका अध्यक्ष नविन सुब्बा, जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देल अतिथि रहेका थिए । कार्यक्रम डोजाङ्का सचिव एविन पाठकले गरेका थिए भने सभाध्यक्ष युवराज भुजेलले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes