मोरङ जिल्लामा पत्रकारीता गर्ने ६ पत्रकार सञ्चार सहकारीद्वारा पुरस्कृत - Pahilo Online

मोरङ जिल्लामा पत्रकारीता गर्ने ६ पत्रकार सञ्चार सहकारीद्वारा पुरस्कृत

writer

राकेश कर्ण । विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । उनीहरुलाई राष्ट्रिय समाचार समितिकी पुर्व कर्मचारी मीना श्रेष्ठद्धारा स्थापित ‘मीना श्रेष्ठ परिश्रमी महिला पत्रकार पुरस्कार–२०७७’ ले पुरस्कृत गरिएको हो । आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत्रसहित पुरस्कृत गरेका हुन् ।

पत्रकारिता जगतको पेशागत मर्यादालाई कायम राख्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आलोचना र दुःखका सारथी भएको बताए । उनले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुको उल्लेख्य भुमिका रहेको जिकिर गरे । वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको छ । हाल यस संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन् । (स्रोतः हाम्रो मत)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes