कानेपोखरी गाउँपालिकाको ४ वडा कार्यालय भवनहरुको एकैदिन उद्घाटन - Pahilo Online

कानेपोखरी गाउँपालिकाको ४ वडा कार्यालय भवनहरुको एकैदिन उद्घाटन

writer

सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आज आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो ।
वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वडा कार्यालय क्रमश उद्घाटन गरिएको थियो । वडा नं. ३ को वडा कार्यालय निर्माण ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा, ४ नं. को ५१ लाख ९३ हजार ८ सय ११ रुपैयाँ ५४ पैसामा, ६ नं. को ७७ लाख २३ हजार ८ सय पच्चिस रुपैयाँ ४५ पैसामा र ७ को ६३ लाखमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

३ नम्बर वडाको भवन निर्माणका लागि सोही स्थानमा बस्ने स्थानीयवासी निर्मला खड्काले २ कठा र महेश्वर खड्काले ३ कठ्ठा जग्गा गाउँपालिकालाई प्रदान गरेका थिए भने ७ नम्बर वडा कार्यालय निर्माणका लागि डिल्लीप्रसाद ओझा, बिजयजङ बस्नेत, रमेश बस्नेत र दिपक ढकालले संयुक्त रूपमा ३ कठा जग्गा प्रदान गरेका हुन् । उनिहरूलाई भवन उद्घाटन कार्यक्रमकै दौरानमा सम्मान गरिएको थियो। अन्य २ वटा वडाहरूको कार्यालय भवन गाउँपाकिकाकै स्वामित्वको जग्गामा निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा आफ्ना कुरा राख्दै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले ३,४ र ६ नम्बर वडा कार्यालयहरूको निर्माणमा जिल्ला समन्वय समितिको १ करोड लागत र अन्य गाउँपालिकाको रहेको बताए साथै उनले ७ नम्बर वडामा प्रदेश सरकारको ५० लाख र अन्य पालिकाको लागत रहेको जानकारी दिए । हालसम्म भाडामा रहि सेवा प्रदान गरिरहेको वडा कार्यालयहरूले यहि साउन १ गतेभित्र आफ्नै कार्यालयमार्फत कामकारबाही अगाडि बढाउने काफ्लेले बताए ।

वडा नं. ७ का अध्यक्ष मोहनप्रसाद अधिकारीले नसोचेको सफलता हासिल गरेको बताए । उनले भने ‘हाम्रै कार्यकालमा आफ्नै भवनमा सरेर सेवा प्रदान गर्नेछौं भनेर सोचेको थिइन, तर आज नसोचेको कुरा पूरा भएको छ, धेरै खुसी लाग्यो’।

त्यस्तै, आफ्नो कुरा राख्दै ६ नं. का वडाअध्यक्ष खड्क बस्नेतले यस वडाको भवन केही समय अगाडीनै सम्पन्न हुनुपर्ने तर केही प्राविधिक कारणले ढिला भएको बताए। उनले निर्वाचनताका बोलेका कुराहरू पूरा गर्दै आएको बताउदैँ अबका दिनदेखी आफ्नै नयाँ भवनबाट सेवा दिन पाउँने कुराले हर्सित भएको सुनाए । उद्घाटन कार्यक्रमको सञ्चालन पालिका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा पालिकाका कर्मचारी, विभिन्न दलका राजनितीज्ञ, समाजसेवी, स्थानिय लगायतको उपस्थिति रहेको थियो। ३ नम्बरको वडा कार्यालय हरकपुरमा, ४ को बयरबनमा, ६ को रमाइलोमा र ७ को आइतबारेमा अवस्थित रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes