वडाको भवन उद्घाटन सँगै, पूर्व जनप्रतिनिधि र कर्मचारीलाई सम्मान - Pahilo Online

वडाको भवन उद्घाटन सँगै, पूर्व जनप्रतिनिधि र कर्मचारीलाई सम्मान

writer

मोरङको पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयले आफ्नो वडाको भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलाले संयुक्तरुप भवन उद्घाटन गरेका थिए । सोही अवसरमा वडाले साविक शनिश्चरे गाविसका पूर्व जनप्रतिनिधि र वडा कर्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बाल शिक्षकमा कार्यरत भागिरथ माविका सुनिता कार्की, ममिता सुब्बा, नर्वदादेवी निरौला, सरस्वती स्कुलका योगमाया ढुङ्गाना, हिमादेवी निरौला, मिना कुमारी राई, सिद्धार्थ स्कुलका सुनिता मादेन, जलकल्याण स्कुलका कुसकुमारी लामिछाने, भक्ती रेग्मीलाई नगदसहित कदर–पत्रले पुरस्कृत गरिएको छ ।

त्यसैगरी वडाका कर्मचारीहरु तारानिधि सापकोटा, देवकृष्ण यादव, खिना ठकुरी, मिना योञ्जन, शर्मिला धिमाल र गीता चापागाईंलाई कदर–पत्रले सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीको रुपमा खिना ठकुरीलाई सम्मान गरिएको हो । त्यसैगरी वडाले साविक शनिश्चरे गाविसका पूर्व प्रधानपञ्च जहरमान लिम्बू, जितबहादुर गिरी, पूर्व गाविस अध्यक्ष मोहन न्यौपानेलाई सम्मान–पत्र र खादा ओढाएर सम्मान गरेको थियो ।

त्यसैगरी तत्कालीन वडा अध्यक्षहरु गजेन्द्र बस्नेत, पोषण पोखरेल, मानबहादुर बिक, घमण्ड ठकुरी, हर्कबहादुर लिम्बूलाई वडाले सम्मान गरेको छ । तत्कालीन शनिश्चरे गाविस र वर्तमान वडाहरुको विकास गर्न पूर्व जनप्रतिनिधिहरुको भूमिकाको उच्च मूल्याङ्न गर्दै सम्मान गरिएको वर्तमान वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले बताए । वडा नम्बर ४ का वडाध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विशेष अतिथिमा उपप्रमुख यमुना विष्ट बास्तोला र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद सापकोटा रहेका थिए । त्यसैगरी अतिथिहरुमा वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाल, ९ का भानुभक्त राई, नगर कार्यपालिका सदस्य भद्रमान बिक लगायत रहेका थिए ।

साविक शनिश्चरे गाविसको अधुरो भवनलाई नगर र वडाबाट करिव २० लाखको लागतमा मर्मत गरेर उद्घाटन गरिएको वडा अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए । उपस्थिति अतिथि र सहभागीलाई वडा सदस्य अमर बराइलीले स्वागत गरेका थिए । (ब्लाष्टखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes