प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित - Pahilo Online

प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित

writer

मोरङ । प्रदेश १ प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ । शुक्रबार विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बैठक निर्णयार्थ पेश गरिएकोमा बहुमतले पारित भएको हो। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

विनियोजन विधेयक माथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। बजेटका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफका क्रममा मुख्यमन्त्री राईले संघीय सरकारको वन मन्त्रालयले कोशीटप्पुको जग्गा निजी कम्पनीलाई लिजमा दिने निर्णय गरेर गलत गरेको बताएका छन्। उनले कोशीटप्पुको जग्गा प्रकरणमा प्रदेश सरकारको संलग्नता नभएको भन्दै निर्णय खारेज गर्नुपर्ने बताए। ‘कोशीटप्पुको जग्गा लिजको कुरा सदनमा उठेको छ।

यसबारे सरकारको ध्यानाकर्षण भएको छ। जमिनको उपयोग कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, मुख्यमन्त्री राईले भने,‘नेपाल सरकारको वन मन्त्रालयले जे निर्णय गरेको छ त्यो गलत छ। म यहि रोष्ट्रमबाट भन्न चाहन्छु त्यो निर्णय गलत छ सच्याउनु पर्छ। भूमि समस्या समाधान आयोग गठन भएको छ। त्यसबाट समाधान खोजिनु पर्छ। त्यसको उपयोगको लागि अध्ययन गरेर बढ्नु पर्छ।’

मुख्यमन्त्री राईले फजुल खर्च रोक्ने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउदै करोडौंको गाडी किन्ने कुरामा धेरै उत्साहित हुन नहुने बताए। आफूले चढ्दै आएको गाडी कति मूल्यको हो भन्ने जानकारी नभएको पनि उनले बताए। ‘मैले सिँचाइको २१ वर्ष पुरानो गाडी चढिरहेको थिएँ’, उनले भने, पछि सेतो गाडी आएछ त्यही चढिरहेको छु तर कति मूल्यको हो मलाई थाहा छैन।’
मुख्यमन्त्री राईले काठमाडौमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेको विषयमा प्रश्न उठेको भन्दै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा रहोस् भनेर काठमाडौंमा सम्पर्क कार्यालय राखेको जवाफ दिएका छन्।

‘मलाई व्यक्तिगत चाहिएर त्यो खोलेको होइन। काम गर्न र भेटघाट गर्न जहाँसुकै पनि मलाई सहजै हुन्छ। तर, प्रदेशको एउटा सम्पर्क कार्यालय राजधानीमा रहोस् भनेर १८ महिना अगाडि खोलिएको हो’, ‘मुख्यमन्त्री राईले भने, निजी क्षेत्र आकर्षित गर्नुपर्ने, वैदेशिक सहयोगका लागि पहल गर्नुपर्ने, बैठकहरू बस्नुपर्ने भएकोले सम्पर्क कार्यालय स्थापना गरिएको हो।

प्रदेशलाई संस्थागत गर्नुपर्छ भनेर कार्यालय स्थापना गरेका हौं।’ मुख्यमन्त्री राईले काठमाण्डौको सम्पर्क कार्यालयको महंगो भएको स्वीकार गरेपछि मात्र त्यसको विषयमा आफूलाई जानकारी भएको र करार अवधि सकिएकोले अब कार्यालय सार्ने वा बन्द गर्ने भन्ने निर्णय हुने बताए। यस विषयमा करोडौं खर्च गर्यो भनेर मिडियाले उचालेको मुख्यमन्त्रीले आरोप समेत लगाए।

मुख्यमन्त्री राईले बजेट छलफलमा सांसदहरूमा बढ्ता निराशा देखिएको बताउदै भने,‘सरकारले पछिल्लो चार वर्षमा धेरै काम गरेको र अरु प्रदेश शिखरमा पुगेर प्रदेश १ बेस क्याम्पमा बसेको भन्ने कुरा होइन।’ उनले बजेटले सबै क्षेत्रको सन्तुलनको प्रयत्न गरेको दाबी गरेका छन्। केही कमी महशुस आफूलाई पनि भएको तर केही काम नै भएको छैन भनेर आफैं निराश हुन नहुने उनले बताए। निराशाले प्रदेश बलियो नबन्ने उनको भनाइ थियो।

मुख्यमन्त्री राईले पुँजीगत बजेट तर्फ १ रुपैयाँ पनि तलमाथि नहुने तर चालु बजेट तलमाथि हुनसक्ने बताउदै मुख्यमन्त्री राईले भने,‘चालु खर्च बढ्दै गएको र पुँजीगत बजेट स्थिर रहेको विषय उठाएकोमा धन्यवाद दिए ।’ मुख्यमन्त्री राईले चालु तर्फको फजुल खर्च कटौती गर्न कठोर कदम चालेर खर्च कटौती गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes