नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु - Pahilo Online

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु

writer

झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी मृत्यु भएको छ। बिर्तामोड नगरपालिका– १ का ४६ प्रसाईँ आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई भद्रपुर नगरपालिका–९ स्थित देवकोटाको सालिकको कम्पाउन्डमा शुक्रवार बिहान ११ बजेर ४० मिनेटमा दुर्घटना भएको थियो।

दुर्घटनामा परी उनको बायाँ खुट्टा र भित्री शरीरमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनी बिर्तामोडबाट मेची राजमार्गको चाराआली हुँदै भद्रपुरतर्फ आइरहेका थिए। दुर्घटनामा परेको उनको कारको अगाडीमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। प्रसाईँकी श्रीमती पवित्रा महतारा प्रसाईँ बिर्तामोड नगरपालिकाकी उपमेयर हुन्। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes