सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने - Pahilo Online

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने

writer

मोरङ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सहकारी संस्थाको दशौं स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो ।

न्यौपाने र श्रेष्ठ २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाच लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो ।

कोरोना महामारीका कारण नवौं स्थापना दिवस मनाउन नसकिएकोले २०७७ सालको पुरस्कार पनि यसै वर्ष प्रदान गरिने भएको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान गर्न लागिएको हो । यसभन्दा अगाडि यस पुरस्कारबाट इलामका पत्रकार भीम चापागाईं र काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरिसकिएको छ ।

यस्तै २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गर्ने भएको छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई र देवनारायण साह पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ं मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि २१ हजार रहेको छ ।

यस्तै २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । यस पुरस्कारको राशि नगद १० हजार छ । यस अघि यस पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान र उमा पोखरेल पुरस्कृत भैसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७८ असार २१ गते सोमबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो । तीनै वटा पुरस्कार संस्थाको दशौं स्थापना दिवसको अवसरमा २०७८ असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes