२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित - Pahilo Online

२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आज आफ्नो वडाका २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । वाल तथा मातृशिशु मृत्युदरमा कमी ल्याउनका साथै स्वास्थ्य जानकारी सहित खोप सेवामा प्रभावकारिता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयमसेविका सरस्वती चौधरी र मञ्जु वस्नेतलाई जनही नगद १० हजार समेत प्रदान गरी सम्मानित गरिएको हो ।

स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रममाझ नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्ष वावुराम दहाल, वडा सचिव ललिता लावती, स्वास्थ्य शाखाका एकराज खत्रीले उहाँहरुलाई सम्मानित गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले प्रत्येक वडामा रहनु भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै उनीहरुको प्रशंसा गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes