२ दिने क्लिनिकल अपडेट तालिम - Pahilo Online

२ दिने क्लिनिकल अपडेट तालिम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, तालिम सहजकर्ता कोशी अस्पताल विराटनगरकी नर्सिङ निरीक्षक ममता श्रेष्ठले नर्सिङ स्वास्थ्यकर्मीहरु आफ्नो जिम्मेवारीमा दुरुस्त अवस्थामै पाइएकोमा खुसी व्यक्त गर्दै निरन्तर सक्रियताको अपेक्षा गरे ।

कार्यक्रममा सहभागिको तर्फबाट निर्मला विश्वकर्माले मन्तव्य व्यक्त गरे । २५ जनाको सहभागिता रहेको तालिममा श्रेष्ठका साथै कोशी अस्पतालकी अनमि सुधा मण्डलले सहजिकरण गरेकी थिइन् । तालिमपछि नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भीआइए जाँचका लागि आवश्यक सामग्री नगरका सम्बन्धित ८ वटा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे । भीआइए सेवा नगर मातहतका ८ स्वास्थ्य संस्थामा अव नियमित रुपमा सञ्चालन हुने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes