बिराटनगर । मोरङ, झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी नगरपालिका–१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका–१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC १७ एम्पुल सहित पक्राउ गरेको हो ।