कृषिमा वार्षिक २ करोडभन्दा बढी रकम छुट्टीए पनि उपलब्धिमुलक भएनः अध्यक्ष काफ्ले - Pahilo Online

कृषिमा वार्षिक २ करोडभन्दा बढी रकम छुट्टीए पनि उपलब्धिमुलक भएनः अध्यक्ष काफ्ले

writer

सनम रोक्का । कानेपोखरी । समाज आधुनिकता तर्फ अघि बढेसँगै कृषिमा मानिसहरूको चासो पनि घट्न थालेको छ । खेतीयोग्य जमिनहरू प्लटिङमा परिणत हुँदै गर्दा किसान पेसाबाट हात झिक्नेहरू पनि प्रशस्तै भेटिन्छन् । बर्षभरी मेहेनत ग¥यो, तर बालिनाली बेचेर आम्दानी लिने बेला भाउ घटेर वा बजार नपाएर कृषि पट्टी किसानहरूको मोह दिन प्रतिदिन घट्दो अवस्थामा रहेको छ ।

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको प्रष्टै रूपमा देख्न सकिन्छ । आज मंगलबार, असार १५ गते धान दिवस सम्पूर्ण कृषि पेसामा आवद्ध भएकाहरूको एक महत्वपूर्ण दिन । ‘मानो रोपेर मुरि उब्जाउने’ महिनाको मध्य समय । अरूबेला कहिल्यै हिलोमा खुट्टा नचोबलेकाहरूले पनि आजको दिन धान रोपेर, हिलोसँग आत्मियता जोडि रमाइलो गरि मनाउने गरेका छन् । यसैगरी बुधबार मोरङ कानेपोखरी गाउँपालिकाले वडा नं. ३ माथिल्लो हरकपुर चौधरी टोलमा आयोजना गरेको “रोपाइ कार्यक्रम“ हर्सोल्लासका साथ सम्पन्न भएको छ ।

स्थानिय, जनप्रतिनिधि, विभिन्न पार्टीका नेताहरू, पालिका कर्मचारी लगायत करिब ५० जनाको समुहले असारे गित गाउदैँ धान रोपाई गरेका थिए । औपचारिक कार्यक्रमको सम्बोधन गर्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले कृषि तर्फ हरेक बर्ष २ करोडभन्दा बढी रकम छुट्टीने गरेपनी विभिन्न कारणले उपलब्धिमुलक कार्यहरू सञ्चालन हुन नसके बताए । किसानहरूले सामान्य उब्जनी गरेर आफैंले मात्र उपभोग गरिरहेको तर व्यवसायीक तवरले अघि आउन नसकेको गुनासो समेत व्यक्त गरे । कृषि क्षेत्रमा पालिकालाई समुन्नत बनाउन सबैको सरसल्लाह आवश्यक रहेको र समूह बनाई कृषकहरूले पालिकामा योजनाहरू पेस गरि कृषिमा लगानी गर्न समेत सुझाए। साथै उनले किसानहरूलाई हरेक बर्ष अनुदानमा आधुनिक कृषिजन्य सामग्री प्रदान गरिरहेको र आगामी बर्ष पनि मकै रोप्ने मेसिन कृषकलाई उपलब्ध गराउने जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाअध्यक्ष कृतिमान मादेन, कानेपोखरी कृषि विकास शाखा प्रमुख सागर पौडेल लगायत सो क्षेत्रमा रहेको रहेका कृषि संस्थाका प्रतिनिधीहरूको उपस्तिथि रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes