धान दिवशको अवसरमा नगर उपप्रमुख सहित ३ जना सम्मानित - Pahilo Online

धान दिवशको अवसरमा नगर उपप्रमुख सहित ३ जना सम्मानित

writer

पथरी शनिश्चरे । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवका अवसरमा आज मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित ३ जना सम्मानित भएका छन् ।

वडा नम्बर ६ को भातेगौंडास्थित कुटो कोदाली कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा मात्र नभएर १ नम्बर प्रदेशमै सवैभन्दा बढी संख्यामा विवादहरु निरुपण गरेकोमा नगर उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो । त्यस्तै, कृषि तथा पशुपंक्षीको क्षेत्रमा कृषकलाई प्रोत्साहित गर्दै कार्यक्रम तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल र कृषि शाखा प्रमुख सावित्रा कार्कीलाई पनि सम्मानपत्रले सम्मानित गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सहभागि भई धान रोप्ने कार्यक्रममा सहभागि वन्नु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले कृषिप्रधान नगरमा कृषि क्षेत्रको विकासमा नगरले थप प्रगति गर्न बाँकी रहेको उल्लेख गर्दै प्रगतिको प्रयास भइरहेको जनाउनु भयो । नगरपालिकाको सहयोगमा ‘धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराकासाथ पञ्चेवाजा बजाएर नाचगान गर्दै दहीचिउरा खाएर दिवशलाई हर्षाेल्लासपूर्वक मनाइएको थियो । त्यहाँ यशोदा पाण्डेको १६ कठ्ठा जग्गामा रोपाईं गरिएको थियो ।

त्यसैगरी, पथरी कृषि सहकारी संस्थाका आयोजनामा वडा नम्बर ६ मै कृष्ण आचार्यको खेतमा भएको सामुहिक रोपाईंमा पनि नगर प्रमुख, उपप्रमुख सहितको सहभागिता रहको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes