पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिँए, ३४ जनाको मृत्यु - Pahilo Online

पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिँए, ३४ जनाको मृत्यु

writer

नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । हाल देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes