इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बोका वितरण गरेको छ । एक कार्यक्रमका बीच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेका हुन् । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका बोका वितरण गरिएको हो । इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरु वोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को सिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो ।
यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आज वितरित बोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उनले जानकारी दिए ।