धरान पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ - Pahilo Online

धरान पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

writer

सुनसरी । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र  धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट Spasmo-proxyvon®plus १८ पत्ता -१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको Spasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes