मजदुर युनियनद्धारा कोभिड १९ विरुद्धको खोपको माग - Pahilo Online

मजदुर युनियनद्धारा कोभिड १९ विरुद्धको खोपको माग

writer

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ । ]

सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सामाजिक विकास मन्त्री राईले बुझाईएको क्युपेक नेपाल १ नंं प्रदेश प्रमुख तथा केन्द्रिय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिए । मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशीत गर्नका लागि पनि ध्यानाकर्षण गराईएको उनले बताए ।

ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमीकको हकहितको पक्षमा आफुपनि रहेको बताए । उहाँले श्रमीक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes