संयुक्त वडा कार्यालय स्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न - Pahilo Online

संयुक्त वडा कार्यालय स्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा वडा नं. ४ को कार्यालयमा असार ८ गते बाट सञ्चालन भई आज बिहिबार सम्पन्न भएको हो । उक्त तालिमका लागि नगरले एक लाख बजेट उपलब्ध गराएको थियो । तालिममा वडा नं. ४, ८ र ९ का २१ जना महिला सहभागि भएका थिए ।

महिलाहरुलाई आर्थिक रुपमा आत्मा निर्भर बनाउने लक्ष्यका साथ महिला लक्ष्यीत कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएको हो । तालिममा कागति, गाँजर, आँप, चारपाटे र जलपाइको मिश्रणबाट मिक्स अचार र छुट्टै कागतिको अचार बनाउन सिकाइएको छ । हरेका दिन सहभागिहरुले विहान १० बजे उपस्थित भई बेलुका ४ बजेसम्म तीन दिन ६ घण्टाको दरले तालिम लिएका हुन् । तालिममा उत्पादित अचार नगरका स्थानीय पसल र बजारहरुमा माग आएकोले त्यहि बिक्रि वितरण गरीने छ । तीन दिनसम्म मुना पाण्डेले तालिम प्रदान गरेकी हुन् ।

कम्तिमा पनि १४/१५ दिनको तालिम सञ्चालन गर्न पाए धेरै राम्रो र दक्ष बन्न सकिने संयुक्त वडा स्तरीय महिला समितिकी अध्यक्ष चन्द्रकला चेमजुङले बताइन् । तीन दिनको तालिमले आधारभूत रुपमा मात्र सिक्न सकिने र १/२ प्रकारका मात्र अचार बनाउन सकिने पनि बताइन् । उक्त समितिले विगत् वर्षहरुमा पनि ६० जना महिलाई तालिम प्रदान गरीसकेको छ ।

आगामी दिनमा समितिले घरेलु उद्योगको रुपमा दर्ता गरी सञ्चालन र बजारी करण गर्ने लक्ष्य राखेको छ । अहिले पनि तालिम प्राप्त महिलाहरुबाट अचार उत्पादन भईरहेको छ । काम गर्ने महिलाहरुले घण्टाको हिसाबमा पारिश्रमिक प्राप्त गरीहेको पनि अध्यक्ष चेमजोङले जानकारी दिइन् । पारिश्रमिकमा काम नगर्ने तालिम प्राप्त महिलाहरुले आफ्नो घरमा खानका लागि आफै उत्पादन गरिरहेको विगत् वर्षमा तालिम प्राप्त एक महिलाले जानकारी दिइन् । यो तालिम अझै लामो समयको सञ्चालन गरी उद्योगको रुपमा दर्ता गरी उत्पादन र बजारीकरण गर्न सके तीनै वडाका महिलाहरुलाई लाभदायक हुने जानकारी दिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes