ओखलढुंगा कृषि ज्ञान केन्द्रले दियो ६२ किसानलाई आधुनिक कृषि औजार - Pahilo Online

ओखलढुंगा कृषि ज्ञान केन्द्रले दियो ६२ किसानलाई आधुनिक कृषि औजार

writer

ओखलढुंगा । ७५ प्रतिशत अनुदानमा कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लाका विभिन्न स्थानिय तहका ६२ जना किसानलाई आधुनिक कृषि औजार वितरण गरिेको छ। जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार ३८ लाख ६० हजार बजेट बाट ५५ वटा मिनिटिलर र सात वटा थ्रेसर वितरण गरिएको छ। मिनी टिलर, थ्रेसर लगायतका कृषि औजार वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख हेम आलेले बताए। कृषकहरूलाई आधुनिक र व्यावसायिक खेतीतर्फ उन्मुख गराउँदै छिटो र छरितो कामका लागि कृषि औजार तथा उपकरणहरू वितरण गरिएको आलेको भनाइ छ।

आफूहरुलाई राज्यले आधुनिक कृषि औजार दिएपछि समयको बचत हुने र अरु कामहरुपनि समयमा गर्न पाउने भएका कारण कृषि औजार पाएपछि खुसी रहेको किसानहरुको भनाइ थियो। केन्द्रले जिल्लाका आठ वटै स्थानीय तहका कृषक, कृषि समूह, कृषि सहकारी संस्था तथा कृषिफर्महरूलाई मागको आधारमा ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो। कार्यालयका अनुसार जिल्ला स्तरिय अनुदान छनौट समितिले ६२ जना कृषकहरूलाई छनोट गरी सिफारिस गरेको र सोहीअनुसार औजार वितरण गरिएको हो। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes