मोरङको पूर्वी दक्षिण क्षेत्रमा स्थानीय तहको सहयोगमा बिओपी भवन निर्माण - Pahilo Online

मोरङको पूर्वी दक्षिण क्षेत्रमा स्थानीय तहको सहयोगमा बिओपी भवन निर्माण

writer

मोरङ । मोरङको पूर्वी दक्षिण क्षेत्र नेपाल–भारत सीमा नजिक थपिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) आफ्नै भवनमा सरेको छ । रंगेली नगरपालिका ५ धनापट्टीमा रहेको सशस्त्र प्रहरीको बिओपीको नवनिर्मित भवन तयार भएपछि मंगलबार एक कार्यक्रम आयोजना गरि सरेको हो ।

यसअघि सुनबर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बिओपी स्थापना गरिएको थियो । ती बिओपीको भवन निर्माण हुदैछ । स्थापना भएको तीन वटा बिओपीमध्ये रंगेलीको धनापट्टीको भवन तयार भएपछि रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका नायब महानिरीक्षक डिआइजी बंशीराज दाहालले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

नवनिर्मित भवन ४ कोठाको रहेको छ । १ ब्यारेक र १ स्टोर रुम रहेको छ । रंगेली नगरपालिको १६ लाख रुपैयाँ सहयोग र सशस्त्र प्रहरीको श्रमदानमा भवन निर्माण भएको सशस्त्र प्रहरी रंगेली बिओपीका इन्सिपेक्टर कमल अधिकारीले जानकारी दिए ।

यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा ८ वटा बिओपीले सीमा क्षेत्र र चोरी तस्करी रोक्दै आएको छ । सिक्टी बिओपीका लागि सुनबर्षी नगरपालिकाले १० कठ्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ । यस्तै, मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति एसपी तिर्थ पौडेलले बताए ।

सशस्त्र प्रहरीका डिआइजी दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा १ सय १४ वटा थपेर २ सय २१ वटा बिओपी पु¥याउने लक्ष्यअन्तर्गत मोरङमा तीन वटा बिओपी थपिएको बताए । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बिओपीको संख्या ११ पुगेको छ । प्रदेश १ मा २२ वटा नयाँ बिओपी थपिएको छ । यस प्रदेशमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या ५२ र नेपाल–चीन सीमा क्षेत्रमा २ गरी ५४ वटा बिओपीको संख्या पुगेको उनले जानकारी दिए ।

सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या थपेर ५ सय पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि जग्गा छनौटको काम भइरहेको दाहालले बताए । प्रदेश १ मा दोस्रो चरणमा बिओपीको संख्या थपिएर ७६ वटासम्म पुग्ने देखिएको छ । बिओपीको संख्या ७६ वटा पुगेपछि एउटा बिओपीदेखि अर्को बिओपीसम्मको दुरी ३ देखि ४ किलोमिटरमा झर्नेछ । (हाम्रो मत) 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes