भीआइए परीक्षण सम्बन्धी नर्सिङ कर्मचारीहरुका लागि २ दिने तालिम - Pahilo Online

भीआइए परीक्षण सम्बन्धी नर्सिङ कर्मचारीहरुका लागि २ दिने तालिम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले महिलाहरुको आङ खस्ने समस्या, अब्सट्रक्टिभ फिष्टुला, स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न भीआइए परीक्षण सम्बन्धी नर्सिङ कर्मचारीहरुका लागि २ दिने तालिम आज सुरु गरेको छ ।


स्वास्थ्य शाखाले नगर अस्पतालमा आयोजना गरेको तालिममा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र शाखाका एकराज खत्रीले महिलाहरुको आन्तरिक समस्याको उपचारका लागि यसखाले कार्यक्रम उपयोगी वन्ने बताए । तालिमपछि वडा वडाका स्वास्थ्य केन्द्रमार्फत महिलाहरुको भीआइए परीक्षण थालिने भएको छ ।

इनरुवा अस्पतालकी स्वास्थ्यकर्मी अम्बिका मेहताले तालिमको सहजिकरण गरेकी छिन् । नगर मातहतमा रहेका नर्सिङ कर्मचारीहरुका लागि आयोजित तालिमको उद्घाटन शत्रमा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगर अस्पतालका मेडिकल अधिकृत फरिन्दा गुरुङको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes