संखुवासभा । संखुवासभा खादबारी नगरपालिका ४ सेखाका नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङकीमा खसि २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । हिजो साढे ६ बजे सेफ्टीटङकीमा खसि बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगेकोमा उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।