पथरी शनिश्चरे ४ मा बजेट तर्जुमा बारे छलफल र सुझाव संकलन - Pahilo Online

पथरी शनिश्चरे ४ मा बजेट तर्जुमा बारे छलफल र सुझाव संकलन

writer

पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ का लागि पथरी शनिश्चरे नगरले वडाका लागि छुट्याएको सिलिङ बजेट बारे वडा नं. ४ मा आज आइतबार छलफल र सुझाव संकलन भएको छ । यसै विषयमा गत बिहिबार पनि छलफल भएको थियो । आर्थिक बर्ष २०७८/०७९ का लागि पथरीशनिश्चरे नगरले प्रत्येक वडाको लागि ८७ लाख ५० हजार सिलिङ बजेट छुट्याएको छ । कार्यक्रममा वडा समिति, वडाका प्रमुख पार्टीका प्रतिनिधि, महिला प्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे आआफ्नो रायसल्लाह सुझाव दिएका थिए । वडाले आगामी बजेट कुन–कुन क्षेत्रमा आवश्यक छ, चुनौती, समस्या र संभावनाबारे छलफल गरेको भएको थियो ।

सो कार्यक्रममा उपस्थितहरुले आफ्नो क्षेत्रमा रहेको समस्याहरु, जनताका गुनासो, आगामी दिनको बजेटलाई कुन तवरले सर्वपक्षीय गर्न सकिन्छ भनेर वडालाई सुझाव दिएका थिए । आफ्नो कुरा राख्ने वक्ताहरुले अहिलेको समयमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा वडाको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । साथै उनिहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी व्यवस्थापन, योग कार्यक्रम, विशेष गरि पुल निर्माण, बाटो स्तरोन्नति गर्ने लगायतका थुप्रै योजनाहरु अघि सारेका थिए ।

बजेट कार्यन्वयन निति अनुसार पाँच शिर्षक आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपत् व्यवस्थापन र संस्थागत विकाश तथा सुसासन तथा सेवा प्रवाह मा बजेट विनियोजन गरीने वडाअध्यक्ष गोबिन्द बहादुरल भण्डारील जानकारी दिए । सबै शिर्षक र उपशिर्षकमा के कति बाँडफाड गर्ने भनी वडा समितिले निर्णय गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes