अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ - Pahilo Online

अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ

writer

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक (Made in USA) लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes