पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ - Pahilo Online

पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बिहिबारको बैठकले वडागत सिलिङ बजेट निर्धारण गरेको हो । १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरसभा असार १० गते हुने पनि उहाँले उल्लेख गर्नुभयो । गत वर्षको वडागत सिलिङ बजेट ७५ लाख रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes