विभिन्न संस्थ्थाहरुको समन्वयमा मेची अस्पताललाई स्वास्थ्य सामग्री - Pahilo Online

विभिन्न संस्थ्थाहरुको समन्वयमा मेची अस्पताललाई स्वास्थ्य सामग्री

writer

झापा । अहिलेको कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान प्रदान गरेको हो। वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले मेची अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर, एक थान हाइड्रोलिक स्ट्रेचर, एक थान ल्याब युनिट वार्भर मेसिनसहित १३८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो।


सोमबार हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका प्रबन्धक जिनप्रसाद पोखरेल, हेस्रा नेपालका अध्यक्ष जियाउँदिन खानले अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेन्डन्ट डा. टंकप्रसाद बाह्रकोटीलाई सामग्री हस्तान्तरण गरेका थिए। हेन्डका प्रबन्धक पोखरेलले झापाका मेची अस्पताललाई ४० लाख, आम्दा अस्पताल दमकलाई ३९ लाख र शनिश्चरे अस्पताल अर्जुनधारालाई २१ लाख रूपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामग्री प्रदान गर्ने बताए।

त्यस्तै‚ रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताललाई करिब ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। क्लबका अध्यक्ष आदित्य पराजुली, पूर्व एआइजी नवराज ढकाल र नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सामग्री अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष पोर्तेल र मेसु डा. बाह्रकोटीलाई हस्तान्तरण गरेका थिए। पूर्व एआइजी ढकालको पहलमा बोधिसत्वा विहारको सहयोगमा रोटरीले मेचीलाई १० थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, मास्क, स्यानिटाइजर लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको रोटरीका अध्यक्ष पराजुलीले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes