गणेश पोख्रेल । बिराटचौक । नेपाली काङ्ग्रेसको सुभेच्छुक संस्था बिपि अध्यन प्रतिष्ठान नेपाल मोरङले आज सोमबार एक कार्यक्रम गरि आफ्नो क्षेत्र विस्तार गरेको छ । सुन्दर हरैँचामा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष राजेस खत्री, पथरी शनिस्चरे नगरपालिका अध्यक्ष भर्त ध्वज लिम्बू, बेलबारी नगरपालिका अध्यक्ष नारायण कोइराला, कानेपोखरी गाउँपालिका अध्यक्ष ओमप्रकाश कोइराला, सुन्दर हरैँचा नगरपालिका अध्यक्ष मिराजजङ थापालाई मनोनयन गरि क्षेत्र विस्तार गरेको हो ।
प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझाले मनोनित व्यक्तिहरुलाई मनोनयनपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका संगठन विभाग प्रमुख मान बहादुर लिम्बू, वसन्त भट्टराई, ललित बहादुर श्रेष्ठ, जयराज लिम्बू, लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।