आइसोलेसन सेन्टरका लागि रकम सहयोग - Pahilo Online

आइसोलेसन सेन्टरका लागि रकम सहयोग

writer

पथरी शनिश्चरे । हेफर इन्टरनेशनले कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टरका लागि रकम सहयोग गर्ने क्रममा आइतबार मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यस क्रमममा हेफरले अभियान नेपालमार्फत कृषि र पशुपालन परियोजना सञ्चालन गरेको मोरङ र झापाका ५ पालिका अन्तर्गतको पथरी शनिश्चरेमा चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था हुँदै ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संविधानसभा सदस्य एवम् अभियान नेपालका प्रमुख प्रेम गिरीको अगुवाईको टोलीले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई हस्तान्तरण गरेको छ ।


उपप्रमुख वास्तोलाले कोरोनाले निम्त्याएको अप्ठेरो अवस्थामा भएको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । कोरोना संक्रमित र मृत्यु हुनेको संख्याका आधारमा आफ्नो कार्यक्षेत्र रहेको ५ पालिकामा आर्थिक सहायता प्रदान गरिएको संस्थाले जनाएको छ । मोरङको कानेपोखरीमा १२ लाख ५० हजार, सुन्दरहरैंचामा ७ लाख ५० हजार, बेलबारीमा ७ लाख ५० हजार र पथरी शनिश्चरेमा ५ लाख र झापाको अर्जुनधारामा ८ लाख गरी ४० लाख ५० हजार रुपैयाँ सहयोगको कार्यक्रम अघि बढाएको छ । अर्जुनधारामा भोली हस्तान्तरण हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, पथरी शनिश्चरेको आइसोलेसनका लागि हाइभिजन अर्गानिक कृषि फर्म प्रालि काठमाडौंले सदस्य भोजराज घिमिरेमार्फत ७ सेट पीपीइ उपलब्ध गराएको छ । साथै आज नै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नम्बर प्रदेशले २० जना विरामीका लागि पुग्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes