आज ३३ सय ८४ जनामा कोरोना संक्रमण, ६ हजार २ सय ९४ संक्रमणमुक्त - Pahilo Online

आज ३३ सय ८४ जनामा कोरोना संक्रमण, ६ हजार २ सय ९४ संक्रमणमुक्त

writer

काठमाडौं । नेपालमा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५ सय ६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २ जना गरी ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको दर बढी रहेको छ । हाल देशमा निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ । नेपालमा पछिल्लो पटक मृत्युदर १ दशमलव ६ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes